
काठमाडौ । आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ ।
सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।










