
काठमाडौं । सरकारले ७ लाख थान विद्युतीय राहादानी खरिद गर्ने निर्णय गरेको छ ।
अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसंग ७ लाख थान राहादानी खरिद गर्न लागेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

राहदानीको हाहाकार भएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।
राहदानी विभागले ६४ लाख विद्युतीय राहदानी खरिदको ठेक्का लगाएको छ । तर ठेक्का पाएको कम्पनीलाई डेलिभरी गर्न समय लाग्ने भएकाले ७ लाख राहदानी खरिद गरेर तत्काललाई व्यवस्थापन गर्न लागिएको हो ।
राहदानी विभागले मापदण्ड नै नपुग्ने कम्पनीलाई सेटिङमा ठेक्का दिएका कारण समस्या भएको हो ।
यो पनि पढ्नुहोस्









