
काठमाडौ । दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढेको छ ।

सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म तीन काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।

नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ ।
काठमाडौं छिर्नेमात्र होइन काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बाक्लै छ ।

प्रस्तुत तस्बिर मंगलबार बिहान कलंकीमा लिइएको हो ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
