Nepal Purbadhar

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बर बढीले बढ्यो


काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरुको सँख्या दोब्बर बढीले वृद्धि भएको छ ।  साउन १ गतेबाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । 

पहिला दैनिक करिव १२ सयले धरहरा चढ्ने गरेकाेमा अहिले दैनिक ३५ सय बढीले अवलोकन गरेका छन् ।

‘विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्ँम टिकट खुल्छ । विहान साढे ८ देखि बेलुकी ९८ बजेसम्म अहिले सेवाग्राहील धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राइले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरुको साख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’ पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो । पहिला दैनिक करिब १द्द सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् । साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले बताए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ । 

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् । ‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । विहान,दिउँसो भन्दा बुलकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो भनुभव सुनाइन् । ०८१ मंसिर देखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख  ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरुबाट संकलन भएको छ ।


झापाको दमक विजनेश कम्प्लेक्स अवलोकनका लागि दैनिक ४ सय बढी पुगे 

झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरुको संख्या बढिरहेको छ । साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २ गते ३ सय ८१ र ३ गते ४ सय ८१ जनाले अवलोकन गरेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए । विहान १० देखि बेलुकी ५ बजेसम्म खुला गरिएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय तोकिएको छ । 


शहरी विकास मन्त्रालयले साउन १ बाट अहिले परिक्षणका रुपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।


Read Previous

विद्यार्थीहरूमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम आयोजना

Read Next

भारतीय कम्पनी एनटीपीसी लिमिटेड नेपालको सोलारमा लगानी गर्न इच्छुक, १०० मेगावाटको ब्याट्री स्टोरेज प्रोजेक्ट बनाउने

Nepal Purbadhar