Nepal Purbadhar

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध   


लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।


Read Previous

बाढीले इन्द्रावती तेस्रो जलविद्युत केन्द्रकाे संरचनामा क्षति   

Read Next

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी