Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल   


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाकाे बैठकमा शुक्रबार विश्वासको मत लिने क्रममा उनले यस्ताे बताएका हुन् ।

उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए । “ऊर्जा क्षेत्रमा प्राप्त उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो विद्युत्भार कटौतीबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो”,उनले भने ।

विद्युतकाे पहुँच नपुगेकाे  नागरिक अब काेही बाँकी नरहेकाे बताउँदै उनले भाैगाेलिकरूपमा पनि चाँडै पूर्ण विद्युतीकरण हुने गरी सरकारले काम गरिरहेकाे बताए ।

उनले विद्युतकाे जडित क्षमता करिब ३ हजार २ सय मेगावाट पुगेको बताए । केही महिनामैँ करिब ५ सय मेगावाट थप हुने चरणमा पुगेकाे पनि उनले बताए ।

जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म १० हजार मेगावाट हाराहारीका विद्युत आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको उनले जिकिर गरे ।

उनले हरेक वर्ष करिब १ हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन थपिँदै जाने चरणमा नेपाल पुगेको बताए । दाहालले सरकारी निकायबाट ठूला जलाशय र अर्धजलाशय आयोजना निर्माणको तयारी पूरा भएको समेत संसदमा गरिएकाे सम्बाेधनमा बताए ।


Read Previous

केयुद्वारा २०४० सम्मकाे विद्युत प्रसारण प्रणाली गुरूयाेजनाकाे विस्तृत मोडेल तयार

Read Next

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल   

Leave a Reply

Your email address will not be published. Required fields are marked *