Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

इलामको फाकफोकथुममा बने ६ सिँचाइ आयोजना


फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा ४ करोड १९ लाख ८२ हजार ४ सय ३२ रुपैयाँ लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन् । जिल्लाकाे खेती याेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी आयोजना निर्माण गरिएकाे हाे ।

चालू आर्षिक वर्षमा यी सबै सिँचाइ आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् ।

फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । वडा नं १ स्थित धलपुजे टारीटोलमा  ६६ लाख ७० हजार २ सय ७२ रुपैयाँ लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो र वडा नं २ स्थित राईगाउँमा ९९ लाख ४४ हजार ६ सय ८६ रुपैयाँ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिँचाइ निर्माण भएको छ ।

वडा नं ३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा ६० लाख ८१ हजार चार १६ को लागतमा १६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिँचाइ कुलो र वडा नं ४ स्थित गुरुङगाउँमा ५४ लाख २८ हजार ९ सय २० रुपैयाँ लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिँचाइ कुलो निर्माण भएको छ ।

यसैगरी, वडा नं ५ स्थित फुङगाउँमा ३९ लाख १४ हजार ३७ रुपैयाँ लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुङखोला कुलो र वडा नं ७ स्थित तिवागाउँमा ९९ लाख ४३ हजार ९८ रुपैयाँ लागतमा १२७ परिवारको खेत सिँचाइ गर्नेगरी तिवाखोला ठाडे सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए ।

आयोजना सम्पन्न भएपछि फाकफोकथुमका ६ वटा वडाका खेतबारीमा बाह्रैमास पानी पुग्नेछ । आयोजनाबाट २ सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरे ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीय पञ्च योङहाङको अपेक्षा छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, बन्दकोबी, सिमीको व्यावसायिक खेती हुँदै आएको छ ।

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय र प्रदेश सरकार तथा फाकफोकथुम गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्ने र कृषिको व्यावसायिकीकरणबाट आयआर्जन गर्ने लक्ष्यका साथ साना सिँचाइ कार्यक्रम सञ्चालन गरिएको हो ।


Read Previous

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

Read Next

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *