Nepal Purbadhar

तामाकोशी नदीको पुल निर्माणमा ढिलासुस्ती   


मन्थली । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।     २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन ।

उक्त कम्पनीले १४ करोड २७ लाख रुपैयाँमा निर्माण पूरा गर्नेगरी सरकारसँग ठेक्का सम्झौता गरेर पुल निर्माणकाे ठेक्का लिएकाे थियाे । पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ ।

“उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ,”उनले भने ।

निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उनले काम नगरे पेस्की रकम जफत गरिने बताए ।


Read Previous

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

Read Next

नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम   

Nepal Purbadhar