Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग


काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले प्रभावित क्षेत्रका स्थानीयसँग राय/सुझाव मागेकाे छ । विभागले सार्वजनिक सूचना जारी गरी आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) रिपोर्टका सम्बन्धमा स्थानीयसँग ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन भनेकाे हाे ।

ए.बि.पि. इनर्जी प्रालीले याे आयोजना निर्माण गर्दैछ । आयोजना निर्माणमा लैजानका लागि अन्तिम स्वीकृतिको पर्खाइमा रहेको कम्पनी सञ्चालक  बलराम खतिवडाले बताए । उनका अनुसार कुनै अवरोध नभए याे आयोजना २०८३ चैत्रभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य मुख्य संरचनाहरु दुप्चेश्वर गाउँपालिका वडा नम्त्रर १ स्थित खोलाको दायाँ किनारमा रहने छन् । विद्युत विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो ।

प्रस्तावित जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

तादी घ्याङफेदी जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट घन्टा  (सुक्खायाममा १६.१७ गिगावाट घन्टा र वर्षायाममा ३३.५९ गिगावाट घन्टा) विद्युत उत्पादन हुनेछ।

आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाईको बाँध निर्माण गरिनेछ । विद्युतगृह १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ २१.७७ मिटर उचाइको विद्युतगृहमा ४/४ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान हुनेछन् ।

आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डमा जडान गरि ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ ।


Read Previous

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड   

Read Next

स्थानीय युवाकाे चन्दा र श्रमदानबाट रघुगंगा पदमार्ग निर्माण   

Leave a Reply

Your email address will not be published.