Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

खानेपानीकाे सुविधा लिएपनि महसुल तिर्दैनन् परासीका उपभोक्ता


काठमाडौं । पश्चिम नवलपरासीको सदरमुकाम परासीका उपभोक्ताले खानेपानीको सुविधा लिएपनि महसुल नियमित नतिर्दा बक्यौता बढ्दै गएको छ । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतको सेवा लिएका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा बक्यौता बढ्दै गएको हो ।

खानेपानी महसुल नियमित नउठ्दा अहिले बक्यौता बढेर करिब ४० लाख रुपैयाँ पुगेको परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनको समय सीमा निर्धारण गरी तिर्न ताकेता गरिएपनि बक्यौता रकम उठ्न सकेको छैन ।

यो अवधिमा ३ लाख रुपैयाँ मात्रै महसुल बक्यौता उठेको समितिले जनाएको छ । समितिले महसुल नतिर्ने उपभोक्ताको धाराको लाइन काट्ने तथा बक्यौता बाँकी भएकाको नामावलीसहितको सूची सार्वजनिक गर्ने भनी ताकेता गरेपनि रकम उठ्न नसकेको अध्यक्ष खगेश्वर पन्थीले बताए ।

‘सबै गरी ४३ लाख २३ हजार महसुल बक्यौता उठ्न बाँकी थियो,’ उनले भने, ‘कडाईका साथ ताकेता गर्दा ३ लाख २१ हजार रुपैयाँ मात्रै उठ्यो । अझै ४० लाख रुपैयाँ उठ्न बाँकी छ । तिर्न कोही आउँदैनन् ।’ समितिका अनुसार स्थानीय राजनितिक नेताले नै खानेपानीको महसुल नियमित तिरेका छैनन् ।

उपभोक्ताले महसुल तिर्न अटेर गरेपछि अब खानेपानी वितरण रोक्न सुरु गरिएको उनले बताए । उनका अनुसार वडा नम्बर–१ र २ का ३ घरधुरीका उपभोक्ताको धाराको खानेपानीको लाइन काटेर वितरण रोकिएको छ । समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो ।

३ महिनाभन्दा बढी समयको बक्यौता बाँकी रहेका उपभोक्ताको धमाधम धाराको लाइन काट्ने भनिएकोमा समितिले यसको सही ढंगले कार्यान्वयन गर्न सकेको छैन ।


Read Previous

मध्यभोटेकोसी आयोजनाको संरचनाको परीक्षण चल्दै, प्रसारण लाइनको समस्याले उत्पादन सुरु हुन समय लाग्ने

Read Next

ऊर्जा क्षेत्रमा वैदेशिक लगानीको भावी दिशा

Leave a Reply

Your email address will not be published.