Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   


बागलुङ । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् ।

२०६० मा जनसहभागिताबाट ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि अब भने  स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो । बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो ।

काठेखोला-१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका-८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नुपर्ने स्थिति रहेको उनकाे भनाइ छ ।

सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्न सकिने अध्यक्ष कँडेलले बताए । अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्छ ।

“ट्र्याक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुनसकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइसकेको छ,” अध्यक्ष कँडेलले भने ।

स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम हुनेछ । बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो । “बर्खामा बढी समस्या हुने, ठाउँ–ठाउँमा पहिरोले सडक भत्किँदा यातायात ठप्प हुने गथ्र्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै सञ्चालन गर्दै आएका थियौँ,”, उनले भने, “अबको बर्खामा सहज हुने आशा गरेका छौँ । अबको २ भित्रमा वर्षमा सडक स्तरोन्नति हुनेछ ।”


Read Previous

जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

Read Next

म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

Leave a Reply

Your email address will not be published.