Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्तर्गत  ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उनले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको बताए ।

आपसी सहकार्यबाटै आर्थिक समुन्नती सहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री दाहालकाे भनाइ थियाे । नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी गराउँदै प्रधानमन्त्रीले विकास निर्माणको काम पनि सोही अनुसार गर्न सम्बन्धित् निकायको ध्यानाकर्षण गराए ।

एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पारे । इफाप्का आबद्ध मुलुकमा दिगो विकास बारेमा जनचेतना जगाउन इफाप्काले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री दाहालले प्रशंसा गरे । फोरम उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दिगो विकासका लागि सरोकारवाला सबै निकायबीचको समन्वय आवश्यक भएको धारणा राखे ।

महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले इफाप्काले विगत एक वर्षको अवधिमा गरेका फोरमहरूको निचोड प्रस्तुत गर्दै इफाप्का प्रभावकारी ढंगले अघि बढिरहेको बताए । इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसप्रितुले वातावरणमैत्री पूर्वाधार निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताए ।

एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनी, पूर्वाधार विद् तान सेङ चुहान लगायतका वक्ताहरूले पूर्वाधारको चक्रबारे प्रकाश पार्दै दिगो विकासका लागि आपसी समन्वय आवश्यक भएको बताए । उद्घाटन सत्रपछिको प्यानल डिस्कसन र इमर्जिङ योङ लिर्डस् कार्यक्रममा पूर्वाधारविद्हरूले दिगो पूर्वाधारका विविध पक्षबारे प्रकाश पारेका थिए । सम्मेलन शुक्रवार सकिनेछ ।


Read Previous

नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गरी जलविद्युत उत्पादन गर्नुपर्छः सरोकारवाला

Read Next

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

Leave a Reply

Your email address will not be published.