Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गरी जलविद्युत उत्पादन गर्नुपर्छः सरोकारवाला


काठमाडौं । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गरी नवीकरणीय ऊर्जा गर्नु पर्नेमा सम्बन्धित सराेकारवालाहरूले जाेड दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी सराेकारवालाहरूले यस्तो बताएका हुन् ।

एक दिने सम्मेलनलाई सम्बाेधन गर्दै  हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) का उपकार्यकारी निर्देशक एलेन किलाजियानले जलविद्युत आयाेजना निर्माण गर्दा ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’लागू हुनुपर्ने बताए । उनले यसाे गर्नाले नेपालले दिगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गरी दीगाे उत्पादन गर्ने र यहाँ उत्पादन भएकाे जलविद्युत दक्षिण एसियाको पानीको ब्याट्री बन्ने र जलवायु दायित्व पूरा गर्न सहयोग पुग्ने बताए ।

उनले इन्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत कंग्रेसका बारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत विकास पहलमा सहयोग पुर्याउन एचएसए नेपाल आएको बताए । उनले शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा ध्यान केन्द्रित गर्नु नेपालका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले नेपालकाे जलविद्युत उत्पादनकाे दीर्घकालीन लक्ष्य पूरा गर्न ४० अर्ब बढी अमेरिकी डलर बराबरकाे लगानी चाहिने हुँदा अपुग लगानीका लागि विदेशी लगानीकर्ता बाेलाउनु पर्ने सुझाव दिए । दीगाे विकासका लागि जलविद्युतको विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति रहेको र नवीकरणीय ऊर्जाका अन्य स्राेतमा पनि लगानी गरी यसलाई दिगो बनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिए । उनले ऊर्जामन्त्रीले संसद्को तल्लो सदनमा पेश गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादनकाे लक्ष्य निर्धारण गरिसकेकाले अब सबै जलविद्युत आयाेजनाकाे विद्युत खरिद सम्झाैता (पिपिए) खुलाउनु पर्ने बताए । उनले निर्माणाधीन धेरै जलविद्युत आयाेजनामा बाढीले क्षति पुर्याएका कारण ताेकिएकाे तालिकाअनुसार सम्पन्न गर्न नसकिने हुँदा अवधि सार्ने निजी क्षेत्रकाे माग पूरा गरिदिन सरकार समक्ष माग गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताए । उनले बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्यतरदेशीय गरी दुवै बजारमा समान रुपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय जलविद्युत् संघका उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनहरूमा नेपाली प्रतिनिधिहरूले लगानी आकर्षित गर्ने गरी हाम्रो सफलताका कथाहरू सुनाउनु पर्ने पोखरेलको भनाइ छ । उनले लगानीकर्ताका लागि प्रभावकारी एकद्वार नीतिले देशलाई फाइदा पुग्ने समय आएको पनि उल्लेख गरे ।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए । उनले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर सबै सरोकारवालाले सोध्नुपर्ने प्रश्न नेपालले त्यो विद्युत् कहाँ निर्यात गर्ने र कसरी गर्ने भन्ने प्रश्न रहेको बताए ।

कार्यक्रममा नेपाल हाइड्रोपावर एशोसिएशनका अध्यक्ष अरुण रजौरियाले जलवायु–लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासको लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताए ।

सम्मेलनको उद्घाटन सत्रमा इपान, एचएसए र आईएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य जलविद्युतको माध्यमबाट दिगो विकासको लागि भएको कार्यक्रममा बताइयो । समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र इन्टरनेशनल हाइड्रोपावर एशोसिएशनका उपाध्यक्ष सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । दुवै हस्ताक्षरको साक्षी मन्त्री बस्नेत थिए ।

मन्त्री बस्नेतलाई हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सका उपकार्यकारी निर्देशक एलेन किलाजियान र स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहलाई स्मारिका प्रदान गरेका थिए ।


Read Previous

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक

Read Next

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

Leave a Reply

Your email address will not be published.