Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

रुख कटानकाे आदेश नआउँदा महाकाली करिडोरकाे डडेल्धुरा रुटकाे ट्र्याक खाेल्न ढिलाइ


महेन्द्रनगर । सूदुरपश्चिम प्रदेशकाे कञ्चनपुरदेखि दार्चुलाकाे उत्तरी नाकासम्म जोड्ने महाकाली सडक काेरिडाेर आयाेजनाकाे एउटा प्याकेजकाे वन क्षेत्रकाे रुख कटानकाे स्वीकृति नमिल्दा निर्माणमा ढिलाइ भएकाे छ । आयोजनाअन्तर्गत डडेल्धुराकाे वन क्षेत्रमा पर्ने ३१ किलाेमिटर रुटमा रुख कटानको आदेश अहिलेसम्म नआउँदा  ‘ट्र्याक’ खोल्न ढिलाइ भइरहेकाे हाे ।

अहिलेसम्म याे प्याकेजकाे आदेश आइसक्नु पर्ने थियाे । तर, रुख कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म ४ सय १३ किलोमिटर सडक काेरिडोर पछिल्लाे १३ वर्षदेखि निर्माणाधीन छ ।

पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको काेरिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रुख विरुवा कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भइरहेकाे छ ।

सडक आयोजनाअन्तर्गत नै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर ट्र्याक खोल्न ५ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सो प्याकेजको ट्र्याक खोल्ने काम भने सकिएको छ ।

महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेवदेखि डडेल्धुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिएको जानकारी दिए । “करिडोरअन्तर्गत चारवटै जिल्लामा गरेर १९ हजार ६६ वटा रूख/पोल पर्छन्,” उनले भने, “डडेल्धुरामा ३८ देखि ६९ किलोमिटर सडक खण्डकाे ३१ किलोमिटर क्षेत्रमा पर्ने रूख कटानको आदेश आइसकेको छैन ।”

लामो समय रूख कटानको आदेश नआउँदा करिडोरको ट्र्याक खुलाउने काम प्रभावित थियो । “३१ किलोमिटर खण्डमा ६ हजार ९४ रूख कटान बाँकी छ । पूरै गरेर एक सय किलोमिटर ट्र्याक खुलाउने काम अझै बाँकी छ ,”उनले भने ।

सडक काेरिडोरअन्तर्गत ३ सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । गत आर्थिक वर्षको तुलनामा बजेटसमेत घटेर आएकाले निर्माण गरेबापतको रकम दिन लगायतको काममा प्रभावित हुने अवस्था रहेको छ ।

चालू आर्थिक वर्षमा आयोजनालाई काम गर्नका लागि  २९ करोड ६ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षमा भने ४० करोड रुपैयाँ बजेट आएको जोशीको भनाइ छ । उनका अनुसार करिडोरअन्तर्गत अहिले ५ वटा प्याकेजमा ट्र्याक खुलाउने काम भइरहेको छ । काेरिडोरअन्तर्गत डडेल्धुरामा १० हजार ४ सय ७६, बैतडीमा ४ हजार ५ सय ९६ र दार्चलमा २ हजार ४३ रुख कटानमा पर्छन् ।


Read Previous

चालू वर्षकाे पहिलो चौमासिकमा कामपाकाे ३ अर्ब  राजश्व उठ्याे

Read Next

सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने ?

Leave a Reply

Your email address will not be published.