Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पूरा हुने चरणमा पुग्यो नागढुंगा सुरुङमार्ग, मुख्य सुरुङ अब २ सय मिटर मात्रै खन्न बाँकी


काठमाडौं । निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजना पूरा हुने चरणमा पुगेको छ । आयोजनाको सुरुङ खनेर सकिने चरणमा पुगेको हो ।

मुख्य, अडिट, इभाकुएसन र क्रसपास गरी सबै ५ हजार ४ सय ९९ मिटर लामो सुरुङमध्ये ९६.४० प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको आयोजनाले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणमा जनाइएको छ । कूल सुरुङमध्ये ५२९८.४० मिटर खनेर सकिएको छ । यो ३.६० प्रतिशत हो ।

आयोजनाका अनुसार अहिले २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्गमा धमाधम काम भइरहेकोमा यो सुरुङ पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङ अब २००.६० मिटर मात्रै खन्न बाँकी रहेको छ ।

‘अहिलेसम्म २ हजार ४ सय ८७.४० मिटर लामो मुख्य सुरुङमार्ग खन्ने कार्य सम्पन्न भएको छ,’ आयोजनाकातर्फबाट सार्वजनिक गरिएको विवरणमा भनिएको छ,‘अब २००.६० मिटरको काम गर्न बाँकी छ ।’

यो सुरुङमार्गको २ हजार ५ सय ५७ मिटर लामो ‘इभाकुएसन सुरुङ’ को निर्माण भने यसअघि नै सम्पन्न भइसकेको छ । १२६ मिटर लामो अडिट सुरुङ र १२८ मिटरको क्रस प्यासेज पनि पहिले नै निर्माण पूरा भइसकेको छ ।

आयोजनाको समग्र भौतिक प्रगति भने ६५.३६ प्रतिशत पुगेको पछिल्लो विवरणमा जनाइएको छ । समग्र आर्थिक प्रगति ६०.८२ प्रतिशत छ । सुरुङमार्गसँगै ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

एउटा फ्लाइओभर निर्माण भइरहेको छ । प्लाइओभर निर्माणका लागि ९५ प्रतिशत जग्गा अधिग्रहण भइरहेको छ भने ५ मध्ये ३ वटा संरचना तयार भइसकेको छ ।

जापानको हाजमा–आन्दो जेभीले आयोजनाको सिभिलतर्फको काम गरिरहेको छ । यो आयोजना सम्पन्न हुँदा कर बाहेक साढे १३ अर्ब रुपैयाँमा लागतमा सम्पन्न गर्ने योजना छ । यो सुरुङमार्ग त्रिभुवन राजपथसँग जोडिनेछ ।


Read Previous

डेढ दशकसम्म पनि बेनी-लभ्लिहिल-भकुण्डे सडकको अवस्था उस्तै   

Read Next

‘सबै आयोजनाको पीपीए खोलौं, निजी क्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’ : इप्पान

Leave a Reply

Your email address will not be published.