Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

 इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा


काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘इड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

विहिवार नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरे । ‘इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ’ वर्तौलाले भने ।

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ४० वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो। हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ। साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश: जोडिंदै जाने कम्पनीले जनाएको छ।

ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य रहेकाे बताए । साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुने बताए ।

ईड्राइभको विशेषता के ?

ईड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ।  ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन्।

त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको छ। यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसंग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउनेछ। त्यस्तै कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ। जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ।

ईट्याक्सीलाई वढावा दिनु जरुरी

उद्घाटन समारोहमा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले नेपालमा इलेक्ट्रिक गाडिको प्रयोगले नेपालमै उत्पादित विजुली र र त्यसको खपत नेपालमै हुंदा आर्थिक उन्नतीमा टेवा पुग्ने बताए । साथै उनले एउटै कम्पनीको इलेक्ट्रिक ट्याक्सी खरिद गर्नुपर्ने गरी हाल सरकारले बनाएको नियम सच्याउन जरुरी रहेको बताउँदै भने, ‘इ गाडी मैत्री कानुन ल्याउन हामी पहल गर्नेछौं ।’

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरुलाई विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले वढावा दिनुपर्ने बताए । नेपालमा १०० गाडी भित्रिँदा ७० वटा गाडी विद्युतिय हुनु खुशीको विषय रहेको भन्दै कार्यकारी निर्देशक घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव पनि दिए ।

पुर्णत विद्युतबाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तब्यमा पुर्याउनेमात्र नभई बिद्युतको खपत, पेट्रोलियम पदार्थबाट बिदेसिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष राजेश मास्केले बताए । ईड्राइभको राइड शेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरहरूले नेपालमा बनाएको पहिलो एप पनि हो। यो एप अहिले नै प्ले स्टोर तथा एप स्टोर दुबैमा डाउनलोड गर्न सकिन्छ।

इलेक्ट्रिक सेवाको प्रयोग र बचत

काठमाडौँ उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन्। त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ। जसले दैनिक अनुमानित ३ करोड ६ लाख नेपाली रुपैंया बराबरको पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ। पेट्रोलका यी सबै ट्याक्सी ई ट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैंया बराबरको विद्युत् खपत गर्नेछ। त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैंया बचत हुनेछ। यसले प्रति महिना ८४ करोड ६० लाख रुपैंयाको बचत हुने देखिन्छ। अर्थात् मासिक ९१ करोड ८० लाख रुपैंया बराबरको पेट्रोल खरिदबाट बिदेसिने रकम बचत हुनेछ। भने अर्कोतर्फ विद्युत् उत्पादनमा फड्को मार्दै गरेको नेपालको विद्युतको नेपालमै राम्रो खपत हुनेछ।

ग्रिन सिटी क्लिन सिटी

‘प्रदूषणमुक्त सहर’ सबैको साझा अभियान हो। यस अभियानमा इलेक्ट्रिक सवारीले विश्वमा नै प्राथमिकता पाइरहेको अवस्थामा ईड्राइभ नेपाल पनि ‘प्रदूषणरहित सुन्दर सहर’ को अवधारणामा जोडिएको छ। इलेक्ट्रिक सवारीको प्रयोगले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ। काठमाडौँ महानगरपालिकाको ‘ग्रिन सिटी क्लिन सिटी’ अवधारणालाई अगाडि सारेको छ। महानगरको अवधारणमा ई ड्राइभ नेपालले पनि सहयोगी भूमिका निभाउने कम्पनीको विश्वास छ। मुख्यतः सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै ई ड्राइभ नेपालको अभियान विशुद्ध व्यापार मात्र नभएर नयाँ नेपाल बनाउने अभियानको एउटा सारथि हुनेछ।


Read Previous

सोह्रौँ पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी अन्तरक्रिया

Read Next

मन्त्रिपरिषद्का निर्णयः तीन क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजनामा समेट्नेदेखि एडीबीबाट ऋण लिनेसम्म

Leave a Reply

Your email address will not be published.