Nepal Purbadhar

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने


काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय ‘एशियाली विकास बैंक’ (एडीबी)ले आज पूँजीगत व्यवस्थापन सुधारलाई अनुमोदन गरेको छ । योसँगै आगामी एक दशकको अवधिमा एशिया प्रशान्त क्षेत्रमा १ खर्ब डलर बराबरको थप कोष प्रवाहको बाटो खुलेको छ ।

एडीबीले आफ्नो पूँजीगत पर्याप्तता ढाँचा  अपडेट गरेसँगै बैंकको वार्षिक नयाँ प्रतिबद्धता क्षमता करीब १० अर्ब डलरले बढेको छ । योसँगै बैंकको खर्च क्षमता वार्षिक ३६ अर्ब डलरभन्दा माथि पुगेको छ । यो सुधारसँगै आगामी दशकभित्र बैंकले विकासोन्मुख सदस्य देश र निजी क्षेत्रका क्लाइन्टहरूलाई ३ खर्ब ६० अर्ब डलरसम्म उपलब्ध गराउन सक्नेछ । यो सुधार अघिको तुलनामा १ खर्ब डलर बढी हो ।

एडीबीको पूँजीगत पर्याप्तता ढाँचा हरेक ३/३ वर्षमा पुनरवलोकन गरिन्छ । पछिल्लो सुधारले एशिया र प्रशान्त क्षेत्रभर विकास प्रयासमा सघाउने एडीबीको क्षमतामा व्यापक विस्तार गरेको एडीबी अध्यक्ष मासासुगु आसाकावाले भने । निजी र घरेलु पूँजी परिचालन गर्ने एवम् बैंकको कामको प्रभावलाई बढाउने प्रयासले अतिरिक्त कर्जा प्रवाह क्षमता थप विस्तार हुने आसाकावाको भनाई छ ।

निजी क्षेत्रको पूँजी परिचालनले विकास एजेन्डामा निजी क्षेत्रको संलग्नता विस्तार गरेर अर्बौ खर्बौ डलरको परिचालनमा महत्वपूर्ण भूमिका खेल्नेछ । पछिल्लो समय एडीबीले आफ्नो कर्जा क्षमता बढाउन कयौं प्रयास गरिरहेको छ । तरलता पर्याप्तता ढाँचामा अपडेट यसैको एउटा प्रयास हो । मेमा बैंकले एशिया प्रशान्त क्षेत्रमा नवप्रवर्तनमुखी वित्तीय सुविधा स्थापना गरेको थियो ।


Read Previous

पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

Read Next

अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने

Leave a Reply

Your email address will not be published.