Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीय खुसी


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यविन्दु नगरपालिका–७ की माया न्यौपानेले बताए ।

“आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उनले भने, “दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।” नगर अस्पताल व्यवस्थित हुँदा आफूहरूलाई सहज भएको उपचारका लागि अस्पताल आउनुभएका विष्णुप्रसाद खनालले बताए । “अहिले त यहीँ भिडियो एक्सरे, रगत परीक्षणसहित आवश्यकताअनुसार भर्नासमेत गर्न थालिएको रहेछ, अहिले हामीलाई स्थानीय सरकार गाउँ–ठाउँमा आएको अनुभूति भएको छ”, उनले भने ।

पहिले उपचार गर्ने रकमले गाडी भाडामै खर्च गरेर जिल्ला बाहिर जाने स्थानीय आफ्नै नगरपालिकाभित्र उपचार पाउँदा खुसी भएका छन् ।नगर अस्पतालबाट अहिले सर्पदंश, रेबिज, प्रयोगशाला, प्रसूतिलगायतका आकस्मिक सेवासहित १५ शय्याबाट अन्तरङ्ग सेवा सञ्चालन गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले भने । “उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञसहितको स्वास्थ्य परीक्षणलगायतका सेवा दिँदै अझ व्यवस्थित बनाउन भवन निर्माणका काम चलिरहेको छ”, उनले भने ।

हाल अस्पतालमा डाक्टर दुई, नर्सिङ हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोग्राफर एक, ल्याब टेक्निसियन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी र नगर एम्बुलेन्ससहित एक जना चालक कार्यरत रहेको बताइएको छ । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको छ । अहिले दैनिक एक सय ५० देखि दुई सय जनासम्म ओपिडिमा सेवा लिन आउने गरेका बताइएको छ । मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयका लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । निर्माणाधीन नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपश्चात थप सेवासमेत विस्तार हुने अधिकारीको भनाइ छ ।


Read Previous

पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने

Read Next

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

Leave a Reply

Your email address will not be published.