Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने


काठमाडौं । काभ्रेको ऐतिहासिक नगरी पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजले संयुक्त रुपमा आगामी असोज ६ गते अर्थात शनिबार शान्ति पदयात्रा आयोजना गर्न लागेको हो ।

विश्व शान्ति दिवसको अवसरमा असोज ४ देखि ६ गतेसम्म समिति र समाजले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । पदयात्रामा एक हजार जना सहभागी हुने गरी तयारी अघि बढाएको समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । उनका अनुसार, पनौतीदेखि नमोबुद्धसम्मको दुरी ९.८ किलोमिटर छ ।

‘ऐतिहासिक, धार्मिक र प्राकृतिक रुपमा रमणीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विश्व शान्ति पदयात्राको रुपमा आयोजना गर्न लागेका छौ ।’ उनले भने, ‘पदयात्राले यस क्षेत्रको महत्व र पहिचान वृद्धिमा सहयोग गर्छ ।’

पनौतीस्थित राजकुमार महासत्वको दरबारबाट सुरु भएर पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी र अन्त्यमा नमोवुद्ध पुगेर समापन हुने कार्यक्रम छ । पनौती र नमोवुद्धमा आन्तरिक तथा वाह्य पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै स्थानीय कला, संस्कृतिको संरक्षण, दुवै क्षेत्रलाई विश्व सम्पदा क्षेत्र र धार्मिक सर्किटको रुपमा विकासका लागि पहल गर्ने तथा पनौतीदेखि नमोवुद्धसम्म डेडीकेटेड पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पदयात्राको रुपमा आयोजना गरिएको समाजले जनाएको छ ।

परापूर्व कालमा भगवान नमोबुद्ध महासत्वको पिता राजा महारथको राज्य रहेको पाञ्चाल अर्थात पनौतीदेखि नमोबुद्ध महासत्वले दुब्ली बघिनीका ५ डमरुलाई आफ्नो शरीरको मासु दान गराएर बचाएको नमोवुद्ध ऐतिहासिक र धार्मिक रुपमा रुपमा चर्चित छ । लुम्बिनीमा सिद्धार्थ गौतम जन्मनुभन्दा ३५ सय बर्ष गौतमवुद्ध जन्मेको पहिलो जन्मस्थलको रुपमा नमोवुद्धलाई लिइने गरिएको छ ।


Read Previous

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

Read Next

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीय खुसी

Leave a Reply

Your email address will not be published.