Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कर्णाली करिडोर पुनः सञ्चालनमा


मान्म । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो ।

खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

“पुलको एकातर्फीको भाग निकै कठिन रहेको थियो”, उनले भने, “त्यसको मर्मतका लागि केही दिन कर्णाली करिडोर खुलालु सडक केही दिन बन्द गरिएको थियो ।” खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सञ्चालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

“सडक डिभिजन कार्यालय जुम्लाको अनुरोधमा केही दिन सडक बन्द गरिएको थियो”, उनले भने, “अहिले मर्मतको काम सकिएकाले खुल्ला गरिएको छ ।” सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने र सडक मर्मतको काम सकिएको भएपनि आरसिसी गर्न बाँकी रहेको निर्माण व्यवसायी रुपक आचार्यले भनेका छन् ।


Read Previous

भेरी करिडोरको तल्लु–दुनै सडक निर्माण अलपत्र

Read Next

मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *