Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

तामाकोशी पुल निर्माण गर्ने ठेक्का सम्झौताको म्याद सकियो काम अझै सुरु भएन


मन्थली । तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ । यसबाहेक अन्य प्रगति छैन ।

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ । निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् । पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।

रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोशी पुलको निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन ।

मध्यपहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण थाल्नका लागि पत्राचार गरिएकोे छ । निर्माण व्यवसायीले भने अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन् । पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा आयोजनाले जोड दिएको छ ।


Read Previous

‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

Read Next

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

Leave a Reply

Your email address will not be published.