Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पर्वतमा ९० वटा साना सिँचाइ आयोजना सम्पन्न


पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण स्म्पन्न  भएका हुन् ।

सिँचाइको सुविधा नपुगेका सिमान्तकृत बस्तीमा प्रतियोजना २ लाख रुपैयाँका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लाष्टिक पोखरी, ट्याङ्की, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतको मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए ।

सहकारी, फार्म, किसान समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताको आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको हो । धान जोन कार्यान्वयन इकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा दुई कार्यालयमार्फत एक करोड ८० लाख रुपैयाँ लागतमा ९० योजना सम्पन्न भएर यसै वर्षदेखि किसानले सिँचाइको सुविधा उपभोग गर्न पाएका बताए ।

गत आवमा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय १० रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको उनकाे भनाइ छ । “स–साना बस्ती, फाँट, तरकारी फार्म र किसान समूहका लागि यस्ता योजना उपयोगी छन्”, पौडेलले भने ।

पहिला खोला खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकोमा साना सिँचाइ आयोजनाले थप सहज भएको किसानले बताएका छन् । पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोला खोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना प्रभावकारी देखिएका छन् ।

साना सिँचाइ आयोजनाबाट किसानलाई धान रोप्न, धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न गर्न सजिलो भएको छ । पर्वतको नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झण्डै ६ हजार चार सय २० हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ ।


Read Previous

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या   

Read Next

अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति नआएको निजी क्षेत्रको गुनासो

Leave a Reply

Your email address will not be published.