Nepal Purbadhar

साधारणसभामार्फत सिङ्गटी हाइड्रो इनर्जी कम्पनीकाे ६ जना सञ्चालक चयन


काठमाडाैं । सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको साधारणसभाले ६ जना सञ्चालक चयन गरेको छ । आज सम्पन्न १२ र १३ औं वार्षिक साधारणले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन गरेको हो ।

सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनी थापा, सुदिप राज गौतम र विजि ग्रुपकाे प्रतिनिधि सुनिल केसी र सर्वसाधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वाचित भएका हुन् । । यस्तै, आजै बसेको सञ्चालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध सञ्चालकमा चयन गरेको छ । नव निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । यो आयोजनाबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको छ ।

Facebook Comments

Read Previous

इप्पान कार्य समितिलाई स्वागत गर्दै विद्युत विकास विभागका महानिर्देशकले भने,‘हाम्रो जिम्मेवारीनै निजी क्षेत्रलाई प्रर्वद्धन गर्ने हो’

Read Next

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन, संस्थाकाे विकासमा समर्पित कुशल अभिभावक गुमायौं : महासंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar