Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

पर्यटन मन्त्रालयको बजेट १० अर्बले घट्यो


काठमाण्डौं । आगामी आर्थिक बर्ष २०८०/०८१ को पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको बजेट ११ अर्ब ९८ करोड विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्तुत गरेको १७ खर्ब ५१ अर्ब ५१ करोड रुपैयाँ बराबरको बजेट प्रश्तुत गरेका छन् तर मन्त्रालयको बजेट भने चालु बर्षको भन्दा झण्डै १० अर्बले घटेको छ ।

चालु बर्षमा २१ अर्ब ६३ करोड १७ लाख अर्थात १.२१ प्रतिशत बिनियोजन गरिएकोमा यसलाई घटाएर ०.६८ प्रतिशत मात्र विनियोजन गरिएको छ ।
सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाइने तथा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने बजेट तथा कार्यक्रममा उल्लेख भएपनि बजेट भने धेरै घटेको हो ।

 

आर्थिक बर्ष कुल बजेट मन्त्रालय  बजेटको अंश (प्रतिशत)
२०७६/०७७ १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख ५ अर्ब ९९ करोड ५५ लाख ०.३९१
२०७७/०७८ १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख २६ अर्ब ६२ करोड ६२ लाख १.८१
२०७८/०७९ १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख २७ अर्ब ४६ करोड ९२ लाख १.६७
२०७९/०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख २१ अर्ब ६३ करोड १७ लाख १.२१
२०८०/०८१ १७ खर्ब ५१ अर्ब ३१ करोड ११ अर्ब ९६ करोड ०=६८

स्रोतः अर्थ मन्त्रालय

बजेट तथा कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौ, नेपाल चिनौ” भन्ने नारा सहित अभियान सञ्चालन गरिने, हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने  उल्लेख छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्व तयारीका कार्यका लागि बजेट छुट्याएको छु। लगानी मोडालिटी तय गरी यस विमानस्थलको निर्माण कार्य अघि बढाइने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।


Read Previous

सूचना तथा प्रविधि मन्त्रालयको बजेट ०.४९ प्रतिशत मात्र

Read Next

पछिल्ला ४ वर्षको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयको बजेट सबैभन्दा न्यून

Leave a Reply

Your email address will not be published.