Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

गण्डकी प्रदेशकाे जलविद्युत् क्षमता २९ हजार ९ सय, उत्पादन ५७१ सय मेगावाट मात्रै


पोखरा । गण्डकी प्रदेशमा २९ हजार ९ सय मेगावाट बिजुली उत्पादन गर्ने क्षमता भएपनि अहिलेसम्म ५ सय ७१ मेगावाट बिजुली मात्रै उत्पादन हुदैँ आइरहेको छ । गण्डकी प्रदेशमा जलविद्युत् आयोजनाको प्रचुर सम्भावना भएपनि अन्यन्तै न्यून मात्रै जलविद्युत् आयोजना निर्माण हुदैँ आइरहेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था नेपाल (इपान) को आयोजना र अन्तराष्ट्रिय वित्त निगमको संयुक्त आयोजनामा बुधबार पोखरामा भएको गण्डकी प्रदेशको दिगो विकासका लागि ऊर्जा विषयक कार्यक्रममा सो जानकारी दिइएको हो । इपानका कार्यकारी सदस्य प्रकाश दुलालले गण्डकी प्रदेशमा जलविद्युत्को अथाह सम्भावना भएपनि निकै थोरै मात्रामा मात्रै जलविद्युत् आयोजना निर्माण भएको बताए ।

‘गण्डकी प्रदेशमा जलाशययुक्त र नदी प्रवाहीमा आधारित जलविद्युत् आयोजनाबाट २९ हजार ९ सय भन्दा धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ,’ उनले भने‘गण्डकी प्रदेशको आर्थिक समृृद्धि र विकासको लागि जलविद्युत् आयोजना निर्माणमा अग्रसरता देखाउनुपर्ने बेला भइसकेको छ ।’

कार्यकारी सदस्य दुलालले कार्यपत्र प्रस्तुत गर्दै उनले गण्डकी प्रदेशमा पर्याप्त मात्रामा जलविद्युत् आयोजनाबाट फाइदा लिन सकिने बताए । गण्डकी प्रदेशमा ८० आयोजनाको २३ सय मेगावाट उत्पादन लाइसेन्स लिएका छन् । गण्डकी प्रदेशमा ३३ जलविद्युत् कम्पनीले २७ सय ७९ मेगावाट क्षमताको आयोजनाको उत्पादन लाइसेन्स लिने क्रममा रहेका छन् ।

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गर्ने बताउँदै निजी क्षेत्रले पनि जलविद्युत् आयोजना निर्माणमा आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताइन् । ‘हामी निजी क्षेत्रसँग साझेदारी गरेर जलविद्युत् आयोजना निर्माणमा सहभागि भूमिका निर्वाह गर्नेछौं,’ उनले भनिन‘ जलविद्युत् प्रवद्र्धक कम्पनीले पनि आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न पछि हट्नु हुदैंन ।’ मन्त्री तिवारीले विद्युत् ऐन २०४९ लाई समयसापेक्ष बनाउनुपर्ने बताइन् ।

‘संघीय विद्युत् ऐन नआउँदा प्रदेशमा पनि विद्युत् ऐन बनाउन समस्या देखिएको छ,’ उनले भनिन ‘आवश्यक समन्वय गरेर अघि बढ्नुपर्नेछ ।’ विद्युत् ऐन समयमै संसोधन नहुदा आन्तरिक बजार व्यबस्थापन देखि उत्पादन भएको बिद्युत बिक्रि गर्न सम्म समस्या भएको मन्त्री तिवारीले बताइन् ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पानी समृद्धिको खानी भएकाले सही सदुप्रयोग गर्नुपर्ने बताए । ‘२०४९ सालमा विद्युत् ऐन आएसँगै जलविद्युत्मा निजी क्षेत्रको उपस्थिति भएको हो,’ उनले भने ‘निजी क्षेत्रको उपस्थितिकै कारणले जलविद्युत्मा नेपाल वर्षात्को समयमा आत्मनिर्भर भएको छ ।’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताए । उनले निजी जलविद्युत् प्रवद्र्धकले जलविद्युत्को विकास गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य कपिल आचार्यले जलविद्युत्को विकासले नै अर्थतन्त्र बलियो बनाउने बताए । यो कार्यक्रम बुधबार र विहीबार दुईदिनसम्म पोखरामा चल्नेछ । इपानका गण्डकी प्रदेश संयोजक जगत पोखरेलको अध्यक्षतामा भएको थियो ।


Read Previous

लिखु-२ काे साइट कार्यालय र विद्युतगृहमा तालाबन्दी गरी काम राेक्नेलाई कारबाही गर्न इपानकाे माग 

Read Next

काठमाडाैं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

Leave a Reply

Your email address will not be published.