Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)


काठमाडाैं । संघीय सरकार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले  जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि बुधबारदेखि सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

विभागले इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जानकारी दिएकाे छ । यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४. ६५ प्रतिशतले भाडा घटेको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।

विभागको २०७८चैत १७ को निर्णयानुसार लागू गरिएको हाे । पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको मिति २०७९ असार २० को डिजेलको बजार मूल्य १७२ रूपैयाँ प्रति लिटर थियाे । जबकि २०८० जेठ २ मा त्यस मूल्यमा १७ रूपैयाँ घटी भई बजार मूल्य प्रति लिटर १५५ रूपैयाँ कायम भएको छ ।

याे मुल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ९.८८ प्रतिशतले घटी भएको हुँदा बुधबार (२०८०।०२।०३० देखि लागू हुने गरी नयाँ भाडादर कायम गरिएकाे हाे ।  दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम  समायोजन भएको हाे ।

कुन ठाउँकाे कति ?

अन्तरप्रदेश भाडा सूची


Read Previous

माथिल्लो त्रिशूली-३ ‘बी’ को मुख्य सुरुङ छेडिन ४३५ मिटर बाँकी,६७ प्रतिशत भौतिक प्रगति

Read Next

मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून

Leave a Reply

Your email address will not be published.