Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन


ढोरपाटन । ‘यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्’, बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनीजस्ता धेरैको समस्या थोरै भए पनि समाधान गरिदिएको छ । किनभने सडकको सहज पहुँचले केही सुविधा पनि ल्याइदिएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको बोबाङ गाउँ डेढ एकदशक अगाडिसम्म मोटरबाटो पुगेको थिएन । यहाँ घोडा र खच्चडकै भरमा सामान ढुवानी हुन्थ्यो । तर अहिले मोटरगाडीले सामान ढुवानी गर्न थालेका छन् । दलित र जनजातिको बाहुल्यता रहेको बोबाङमा सडकको पहुँले दैनिकी फेरिदिएको छ ।

गाडी गुड्न थालेपछि यहाँका नागरिकले शिक्षा, स्वास्थ्य तथा यातायातमा राम्रो सेवा पाउने भएका छन् । बहुप्रतिक्षित ढोरपाटन शिकार आरक्षको प्रवेशमार्ग सालझण्डी ढोरपाटन सडक गाउँको मध्य भागबाटै ढोरपाटनसँग जोडिएको हो । विसं २०६६ यता सडक पुगेपछि पनि अहिले पनि यदाकदा घोडामै सामान ढुवानी हुने गरेको छ । तर पहिलेको तुलनामा निकै कम मात्रै छ । यहाँका धेरैजसो नागरिक घुम्ती बसाइँ गर्ने गर्छन् । वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औँल)मा बस्ने गर्छन् ।

गाउँमा अपेक्षाकृत विकास नभए पनि सडक सञ्जाल जोडिएपछि पहिलेको तुलनामा निकै परिवर्तन आएको वीर्खमानको भनाइ छ । यहाँका नागरिक खेतीपाती र पशुपालनमै निर्भर छन् । स्थानीय पनि शिक्षित र सचेत बन्दै गएको ढोरपाटन नगरपालिका–८ का पूर्वअध्यक्ष नन्दे सुनारको भनाइ छ । उनले सडकका कारण जनजीवनमा पनि ठूलो परिवर्तन आएको बताए ।

सालझण्डी–ढोरपाटन सडकले बोबाङ गाउँ मात्रै नभइ सिङ्गो भूजीखोलावासी नै लाभग्राही बनेका छन् । स्थानीय मीना विकले नून, चामल बुटवल, पत्थरकोटबाट बोकेर उपभोग गरेको अनुभव सुनाइन् । अहिले घरमै चाहिएका सबैथोको पाइने उनकाे अनुभव छ ।

‘बुर्तिबाङ सडक नआउँदासम्म यस ठाउँका मान्छेले बटौली, तम्घास, चोरकाटेबाट नून, तेल र चामल बोकेर ल्याउँथे, बटौली पुग्न दुई साता लाग्थ्यो, अहिले त एक दिन पनि लाग्दैन, पहिलेको जस्तो नून तेल ल्याउन जानुपर्दैन’  उनले भनिन् ।

बोबाङ गाउँ नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार पनि हो । सडकले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र सिमी बजारीकरणमा सहज बनाइ दिएको स्थानीय प्रेम घर्तीमगरले बताए । सडक सञ्जालले नजोडिदा यहाँ उत्पादन हुने कृषि उपज वस्तु खेरगइरहेको भन्दै अहिले स्थानीयवासीले सहजै बजार पु¥याएर आम्दानी गर्न थालेको उनले बताए । रासस


Read Previous

नेपाल बंगलादेश ऊर्जा व्यापार र सहकार्यबारे ढाकामा छलफल

Read Next

बंगलादेशसँग विद्युत व्यापार गर्ने वातावरण तयार गरिदिन निजी क्षेत्रको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *