Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढ्याे


काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ । गत साउनदेखि चैत मसान्तसम्मकाे अवधिमा गत वर्ष यही अवधिकाे तुलनामा विद्युतीय सवारी साधन आयात बढेकाे हाे ।

समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएकाे भन्सार विभागले जनाएकाे छ । विभागका अनुसार गत वर्ष याे अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।

विभागको तथ्यांक अनुसार गत चैत महिनामा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा १ सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट १ सय किलोवाट क्षमताका १ हजार ७ सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १ सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका २ सय ४०, र इन्डोनोसियाबाट ३ वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।

यस्तै, दक्षिण कोरियाबाट १ सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, बेलायतबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट २ सयदेखि ३०० किलोवाट क्षमताका ५ वटा र बेलायतबाट २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएकाे विभागले जानारी दिएकाे छ । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् ।

यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

७ अर्बका गाडी भित्रिए    

चालू आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ ।

विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार रुपैयाँ  राजश्व संकलन गरेको थियो ।


Read Previous

मुआब्जा विवादले रोकियो सकिन लागेकाे गल्छी–त्रिशूली सडक निर्माण   

Read Next

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण   

Leave a Reply

Your email address will not be published.