Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ऊर्जा मिश्रण सुधार गर्ने लक्ष्यसहित सौर्य ऊर्जा उत्पादकहरुको संस्था दर्ता


काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था औपचारिक रूपमा दर्ता गरिएको छ । सौर्य उत्पादक ऊर्जा उत्पादक संघ, नेपाल नाम राखेर दर्ता गरिएको हो । नेपालमा ग्रिड जडित सौर्य पीभी उत्पादकहरूको हितलाई अगाडि बढाउँदै नेपालमा ऊर्जा मिश्रण सुधार गर्ने प्राथमिक उद्देश्यका साथ संस्था दर्ता गरिएको हो ।

संस्थाको अध्यक्षमा डा. सन्दिप शाह, उपाध्यक्षमा नविन कुमार सिंह, महासचिव प्रविन अर्याल, कोषाध्यक्ष राजकुमार थापा रहेका छन् । त्यस्तै, ५ सदस्यहरुमा तिल बहादुर आले, स्वस्ती अर्याल, मुना शर्मा, पुजा चन्द ठाकुर र धिरजबहादुर पन्त रहेका छन् ।

नेपालले सन २०४५ सम्ममा नेट–शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ । यस लक्ष्यलाई सहयोग पुर्याउने, ऊर्जा सुरक्षामा वृद्धि गर्ने, नीति निर्माता, ग्रिड अपरेटर र ऊर्जा उत्पादकलाई एकत्रित बनाउने संघको उद्देश्य छ । अहिले नेपालमा सौर्य पीभी उत्पादन सानो क्षमता, अफ–ग्रिड र छत–माथि राख्नमा सीमित रहेको छ । तर, जलवायु परिवर्तनको अनुभवसगै सरकारले अन–ग्रिड सौर्य पीभी थप्न पहल गरिरहेको छ ।

सरकारले कुल जडित ग्रीड क्षमताको १० प्रतिशतसम्म सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखेको छ ।  अहिले ५६ मेगावाट सोलार क्षमता ग्रिडमा छ । जबकि ४० मेगावाट क्षमताको निर्माणाधीन छ र अर्को ३०० मेगावाट सोलार पीभी क्षमताको निर्माण भइरहेको छ

यस्ता छन् सोप्पान स्थापनाका उद्देश्यहरु

क) नेपालमा ऊर्जा मिश्रणमा सौर्य उत्पादन बढाउनका लागि पैरवी गर्ने ।

ख) सौर्य प्रविधि र यसको ग्रिड एकीकरणमा ज्ञान वृद्धि गर्ने ।

ग) रन अफ रिभर हाइड्रो र सौर्य उत्पादनको पूरकता स्थापना गर्ने र ग्रिड बिजुली आपूर्तिको गुणस्तर र विश्वसनीयता सुधार गर्ने ।

घ) सौर्य पीभी उत्पादन ट्यारिफको लागि प्रमाणमा आधारित, यथार्थवादी मूल्य निर्धारण गर्ने ।

ङ) सौर्य रूफटप र विकेन्द्रीकृत उत्पादनको विकास गर्ने ।

च) उच्च खपत हुने बेलमा स्थानान्तरण, ग्रिड स्थिरता र सहायक सेवाहरूको लागि ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने ।

छ) सौर्य उत्पादनको पहुँच बढाउन अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने ।

ज) नेपालमा सौर्य पीभीको विकासमा बाधाहरू हटाउन समर्थन प्राप्त गर्ने ।

झ) सौर्य तथा अन्य सम्बन्धित अनुसन्धान, तालिम, सेमिनार र कार्यशालाहरू सञ्चालन गर्ने

ञ) सौर्य पीभी उत्पादनको लागि बजार मूल्यांकन र बजार सिर्जना गर्ने ।


Read Previous

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच प्रक्रिया शुरू

Read Next

बितेकाे ७ महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

Leave a Reply

Your email address will not be published.