Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

मलेसियालाई शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जामा ४१५ बिलियन डलर लगानी चाहिने


काठमाडौं । मलेसियालाई नवीकरणीय ऊर्जाका परियोजनामा लगानी गर्न ३७५ देखि ४१४ बिलियन अमेरिकी डलरसम्म लगानी आवश्यक पर्ने भएको छ । सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा सार्झ निर्धारण गरिएको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जाका पूर्वाधार परियोजनामा लगानीका लागि यति ठूलो लगानी चाहिने भएको हो ।

कार्बन उत्सर्जन घटाउँदै शून्यमा पुर्याउन नवीकरणीय ऊर्जामा अहिले भइरहेको लगानीमा दुई गुणा बढी लगानी थप्नु पर्ने आवश्यकता देखिएको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइआरइएनए) ले सार्वजनिक गरेको रिर्पोटमा जनाइएको छ ।

दक्षिण एसियाली देशले सन् २०३० सम्ममा कार्बन उत्सर्जन उल्लेख्य मात्रामा कम गर्ने र सन् २०५० सम्ममा शून्यमा झार्ने लक्ष्य लिएका छन् । अहिलेसम्म नवीकरणीय ऊर्जाको क्षेत्रमा मलेसियाले गरेको लगानी कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य पूरा गर्न कठिन भएको हुँदा यसलाई बढाउनु पर्ने आवश्यकता देखिएको आइआरइएनएका सञ्चालक फ्रान्सेस्को ला कामेराले बताए ।

बढ्दो जनसंख्या तथा ऊर्जाको खपतमा भइरहेको वृद्धिका कारण सन् २०५० सम्म पुग्दा मलेसियाको वार्षिक कार्बन उत्सर्जन २८० मिलियन टन पुग्ने आइआरइएनएले सार्वजनिक गरेको रिर्पोटमा जनाइएको छ । मलेसियाले अहिले सौर्य तथा बायोमास लगायतको नवीकरणीय ऊर्जा उत्पादन गर्छ । यो उत्पादन उसले खपत गर्ने ऊर्जाको सानो हिस्स मात्रै हो ।

अहिले उपयोग भइरहेको कूल ऊर्जाको ठूलो हिस्सा कोइला र ग्यास जस्ता पेट्रोलियम ऊर्जाले लिएको छ । कोइला र पेट्रोलियम ऊर्जाको खपत कम गर्न अहिले भइरहेको लगानीमा दुई गुणा बढी थप गरेर नवीकरणीय ऊर्जाका पूर्वाधार परियोजनामा लगानी गरिनुपर्ने आइआरइएनएले जनाएको छ ।

मलेसियाले अहिलेसम्म नवीकरणीय ऊर्जामा गरेको लगानी १५९ बिलियन अमेरिकी डलर लगानी गरेको छ । आइआरइएनएको रिर्पोट अनुसार नवीकरणीय ऊर्जाको जडित क्षमता बढाउने, विद्युतीय पूर्वाधार निर्माण गर्ने तथा ऊर्जा दक्षताका लागि अहिले भइरहेको भन्दा दोब्बर बढी लगानी आवश्यक पर्नेछ ।

यो रकम जलविद्युत, सौर्र्य तथा वायु ऊर्जा र हरित हाइड्रोजन उत्पादनमा खर्च गरिनेछ । नवीकरणीय ऊर्जामा अहिले भइरहेको लगानीमा दोब्बर लगानी थप गर्न सकेमा कार्बन उत्सर्जन ६० प्रतिशतसम्म घटाउन सकिने आइआरइएनएको रिर्पोटमा भनिएको छ ।

कार्बन उत्सर्जन ६० प्रतिशतसम्म घटाउँदा वार्षिकरूपमा ९ देखि १३ बिलियन अमेरिकी डलर बराबरको ऊर्जा सञ्चित हुनुका साथै स्वास्थ्य क्षेत्रमा हुँदै आएको खर्च कटौती गर्न सकिने पनि रिर्पोटमा जनाइएको छ । साथै, पेट्रोलियम ऊर्जामा हुँदै आएको खर्चको ठूलो हिस्स पनि कटौती गर्न सम्भव हुनेछ । कार्बन उत्सर्जन शूल्यमा झार्ने लक्ष्य पूरा गर्न निजी लगानीकर्ता र विदेशी लगानीलाई पनि प्रोत्साहन गर्नुपर्ने रिर्पोटमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

४ महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी मध्य भोटेकोसी आयोजनाको निर्माण धमाधम

Read Next

विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

Leave a Reply

Your email address will not be published.