Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै


पाँचथर । ९.७ मेगावाटको इङ्वाखोला जलविद्युत् आयोजनाले आगामी जेठदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ। पाँचथरमा निर्माणाधीन आयोजना अबको ४ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

निर्माणाधीन आयोजनाको ७५ प्रतिशत सम्पन्न भइसकेको प्रबन्धक उमेश नेपालले बताए । उनका अनुसार तोकिएको तालिकाभित्र विद्युत उत्पादन गर्न आयोजनाको निर्माण तिव्र पारिएको छ ।

इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो। २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो।

यहाँ उत्पादित विद्युत काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। ‘पाइपलाइन र केही प्राविधिक काम बाँकी छन्,’ आयोजना प्रबन्धक नेपालले भने, ‘निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ।’

आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा छ। आयोजनामा सुरुङमार्ग छैन। ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र दुई सय ७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो। बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए।

फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवर्द्धकको भनाइ छ। एक अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रवर्द्धकको ३० प्रतिशत लगानी छ। बाँकी ७० प्रतिशत लगानी बैंक अफ काठमाण्डू (मर्जरपछि हाल ग्लोबल आइएमई बैंक)को छ। याङवरक गाउँपालिकामै काबेली बी–१ आयोजना निर्माण सम्पन्न भइसकेको छ भने काबेली बी–१ क्यासकेट आयोजना निर्माणाधीन अवस्थामा छ।


Read Previous

यस वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

Read Next

भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह

Leave a Reply

Your email address will not be published.