Nepal Purbadhar

तनहुँमा ६ प्रतिशत मात्रै विकास बजेट खर्च


तनहुँ । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ। चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ।

पूँजीगततर्फ सङ्घीय सरकारमार्फत तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन सय ९० रुपैयाँ विनियोजन भएकामा यस अवधिमा २० करोड नौ लाख १९ हजार चार सय ६३ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए।

त्यस्तै चालूतर्फ ३८.७६ प्रतिशत बजेट खर्च भएको छ। चालूतर्फ आठ अर्ब ३८ करोड ७४ लाख १४ हजार सात सय ३८ रुपैयाँ विनियोजन भएकामा चार अर्ब २७ करोड २४ लाख ६० हजार ९९ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १०.५४ प्रतिशत बजेट खर्च भएको छ। छ महिनाको अवधिमा सङ्घ सरकारभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन्। पूँजीगततर्फ दुई अर्ब ६० करोड तीन लाख ३१ हजार रुपैयाँ विनियोजन भएकामा २८ करोड ३६ लाख ३५ हजार छ सय १३ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

त्यस्तै, चालूतर्फ ८२ करोड ७१ लाख तीन हजार ६७ रुपैयाँ विनियोजन भएकामा १२.३१ प्रतिशत बजेट खर्च भएको छ। योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले कम खर्च देखिने बताइएको छ। अन्य महिनामा भन्दा असार महिनामा धेरै बजेट खर्च हुने गरेको भट्टराईको भनाइ छ।

Facebook Comments

Read Previous

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

Read Next

राहदानी विभागको प्राविधिक समस्या समाधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar