Nepal Purbadhar

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप


काठमाडौँ । एभरेष्ट बैंकले ऊर्जा ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि माघ ९ गतेसम्म समय थप गरिएको छ ।

बैंकका अनुसार यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराइनेछ । बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री खुला गरेको हो।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो। बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ जारी गरेको हो।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरेको छ। यसमा वार्षिक ७.५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। न्यूनतम २५ इकाईदेखि सबै इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

Facebook Comments

Read Previous

टेलिकमको ‘विन्टर अफर’

Read Next

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालककाे रूपमा शपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar