Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निर्माण थालेकाे १ वर्षमै रेलेखाेलाकाे आधा काम सकियाे,असारबाट विद्युत उत्पादन


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ६ मेगावाटकाे रेलेखाेला जलविद्युत आयोजना ५० प्रतिशत पूरा भएकाे छ । संरचनाकाे निर्माण थालेकाे १ वर्षमा नै आयोजनाकाे आधा काम सकिएकाे हाे ।

आयोजनाकाे प्रवर्द्धक ह्युम कन्सल्ट प्रालिले बाँकी ५० प्रतिशत काम पनि आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण तीव्र पारेकाे छ । सिभिलतर्फ आयोजनाकाे बाँध, पाइपलाइन र विद्युतगृहकाे काम धमाधम भइरहेकाे आयोजनाका आयोजनाका इञ्जिनीयर आयुश भट्टराईले बताए । उनका अनुसार  इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारण लाइन निर्माणकाे काम पनि सँगसँगै अघि  बढाइएको छ ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ । बाँध नजिकै ५०/५० मिटर लामा दुई पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ । बाँधदेखि विद्युतगृहसम्म ३.६ किलाेमिटर लामाे पाइपलाइन जडानको काम सुरु भएको छ ।

बाँधमा पुग्ने पहुँचमार्गको कुनातर्फ पाइपलाइन राख्ने ठाउँ बनाइएको छ । रेलेखर्कमा जग्गा व्यवस्थापनको काम सकेर विद्युत्गृहको संरचना निर्माण थालिएको छ । विद्युतगृहदेखि दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका आवासीय इञ्जिनीयर लोकबहादुर नायकले बताए । ।

डोजर, ब्याकुहोलोडरलगायत उपकरणका अतिरिक्त दैनिक एक सय ३० मजदूर र ४० भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन् । सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर ५ सय ५ मिटर माथिबाट विद्युतगृहमा खसालिने छ ।

आयोजनाले तीन वर्ष लगाएर नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युतगृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण गरेको थियो । छहरा, हकनी र गाैँडाका पहाड फुटाएर करिब एक किलोमिटर दूरीमा ११ वटा घुम्तीको सडक बनाइएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।

रेलेखोलाले पहुँचमार्ग बनाएपछि एक सय ५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीय, तत्कालीन जिविस र गाउँपालिकाले एक करोड रुपैयाँ बढी खर्च गरेपनि बेँशीदेखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

वडा सदस्य श्याम पुर्जाले बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकामा अहिले २० मिनेटमै पुग्न सकिने बताउनुभयो । प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको रेलेखोलामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । ऋणमध्येकाे ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ ।

नारच्याङमा हाल २ मेगावाटको तातोपानी साना, ४२ मेगावाट क्षमताको मिस्ट्री खाेला र ५ मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना सञ्चालनमा रहेकाे वडा अध्यक्ष लोकबहादुर फगामीले बताए । १ सय १० मेगावाटको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा छन् ।

९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युतगृह निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको मिस्ट्रीखाेला-२ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।


Read Previous

२५ बैंक ४ अर्ब ६७ करोड ब्याजबापत लिएकाे रकम फिर्ता गर्दै,एनआइसी एसियाकाे भागमा ४८ कराेड

Read Next

‘हाइमास्ट’ र सडक बत्तीबाट पोखरा झिलिमिली

Leave a Reply

Your email address will not be published. Required fields are marked *