Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

दोस्रो पटक सोलार ऊर्जाका लागि प्रस्ताव आह्वान, ५.९४ रुपैयाँ अधिकतम पीपीए दर


काठमाडौ । नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिष्पर्धामार्फत एक सय मेगावाटको सोलार (सोर्य) ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको छ । हाल प्रति युनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको विद्युत प्राधिकरणले प्रति युनिट ५.९४ रुपैयाँ  दर अधिकतम रकममा कबोल गर्ने गरी प्रस्ताव आह्वान गरेको हो ।

यसअघि पनि प्राधिकरणले २०७३ सालको जेठमा अधिकत्तम प्रति युनिट ९.६१ पीपीए दर हुने गरी खुल्ला प्रतिष्पर्धामार्फत सोलारका लागि टेण्डर आह्वान गरेको थियो । ६१ मेगावाट बराबरका आयोजनाले आवेदन दिएकोमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले २०७४ माघ २५ मा स्वीकृत गरेको ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ ले प्रति युनिट ७.३० रुपैयाँ कायम गरेपछि त्यो प्रकृया रद्ध भएको थियो भने आवेदन दिएकामध्ये केही आयोजनाले नयाँ पीपीए दरकै आधारमा सोलार आयोजना निर्माण गरेका थिए ।

दोस्रो पटक टेण्डर आह्वान गर्दा पहिलोपटक आह्वान गरेको भन्दा पीपीए दर प्रति युनिट ३.६७ रुपैयाँ कम छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खुल्ला प्रतिष्पर्धामार्फत ५.९४ रुपैयाँ अधिकत्तम पीपीए दर तोकेर टेण्डर आह्वान गरिएको जानकारी दिए । ‘हाल विद्युत विकास विभागमा सर्भे अनुमति लिएका वा नयाँ विकास गर्न चाहाने दुवैले टेण्डर हाल्न पाउँछन्, हामीले अहिले एक सय मेगावाट किन्ने गरी यो प्रस्ताव आह्वान गरेका छौ ।’ उनले भने ।

९० दिनभित्र आवेदन हाल्ने गरी यो प्रस्ताव आह्वान गरिएको प्राधिकरणले जनाएको छ । हिउँदमा विद्युत आयात गर्नुपर्ने अवस्थामा रहेको विद्युत प्राधिकरणले हिउँदमै उत्पादन योगदान दिने गरी यो टेण्डर आह्वान गर्नुपर्नेमा ढिलो हुँदा विकासकर्ताले प्रतिष्पर्धामा भाग लिएमा पनि हिउँदभित्रै आउने सम्भावना भने कम छ ।

प्राधिकरणले २०७५ असार २६ को ७७३ औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको प्रति युनिट ७.३० रुपैयाँको पीपीए दर तीन बर्षका लागि कायम गर्ने उल्लेख भएपनि बल्ल ५.९४ रुपैयाँ पीपीए तोकेर आह्वान गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यही आधारमा अब सोलारको पीपीए अघि बढ्ने बताए । ‘हामीले अनुमतिपत्रमा प्रतिष्पर्धा खोजेका होइनौ, पीपीए दरमा हो, पहिलाको ७.३० पैसाको सट्टा यो नयाँ दरको आधारमा अघि बढ्छ ।’

विद्युत विकास विभागका अनुसार, सर्भे, सर्भेका लागि आवेदन, निर्माण र निर्माणका लागि आवेदन दिएका सोलार आयोजनाको साढे २५ सय मेगावाट छ । हाल विद्युत प्राधिकरणमा पीपीए गरेका सोलार आयोजनाको क्षमता करिब ५३ मेगावाट भने हालसम्म ३९ मेगावाट बराबर उत्पादन भएको छ ।

१० महिना अघिको माघमा विद्युत प्राधिकरणको सञ्चालक समितिले सोलार प्लान्टबाट उत्पादन हुने ऊर्जाको पीपीए प्रतिष्पर्धामार्फत गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि सोलार लगानीकर्ताले भने सरकार सोलार पीपीएबारे अस्थिर बनेको र यसले सोलार निर्माणमा समस्या हुने बताउँदै आएका छन् ।


Read Previous

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

Read Next

पदयात्रीकाे रोजाइमा पर्दै नवलपुरकाे ‘देवचुली डाँडा’   

Leave a Reply

Your email address will not be published.