फोटो सौजन्य: राजन कुमार खत्री
रोल्वालिङ र महालङ्गुर हिमश्रृङखला भन्दा भित्री हिमश्रृखलाका हिमनदी, हिमताल र पोखरीहरुबाट सुरु भइ प्रदेश १ र बागमती प्रदेशको सिमानाको रुपमा बहदै सप्तकोसी नदीको सहायक नदीको रुपमा रहेको मझौला नदी नै लिखु नदी हो । यो नदी रामेछापकै नुम्वुर हिमाल, लिखुचुली र त्यस आसपासबाट सुरु भएर नागबेली आकारमा अघि बढी रामेछाप जिल्लाकै दक्षिणबाट बहने सुनकोसी नदीमा मिसिन्छ ।
यस नदीले रामेछाप जिल्ला र १ नं प्रदेशका सोलुखुम्बु तथा ओखलढुङ्गा जिल्लाको सिमानाको काम गर्दछ । ३ वटा जिल्लालाई जोडेर करिब १०० किमी मात्र बहाव क्षेत्र रहेको यो सानो नदीको ठूलो सामाजिक आर्थिक महत्व रहेको छ ।
तुलनात्मकरुपमा सानो, छोटो र केही वर्ष अघिसम्म गुमनाम लिखु नदीमा मझौला स्तरका ७ वटा जलविद्युतका आयोजना सञ्चालित छन् । केहि उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ भने केहि चाडै सम्पन्न हुदैछन् । लिखु मूल नदी र यसका सहायक नदी गरेर करिव ५०० मेगावाट विजुली उत्पादन हुने प्राविधिक र आर्थिक दृष्टिकोणबाट संभावना देखिएको छ ।
नेपालमा साना ठूला गरी छ हजारवटा नदीनालाहरू छन । ७ वटा भोटमा मूल भइ तिब्बतबाट बगेर नेपाल प्रवेश गरेका छन भने कयौं नदीहरु चीन नेपालको सिमानाका उच्च हिमश्रृखलाबाट सुरु भएर बग्ने दोस्रा दर्जाका नदीहरू छन् । त्यत्तिकै मात्रामा भित्रि हिमाल र उच्च पर्वत श्रेणीबाट उत्पति भएका नदीनालाहरू छन् । उच्च मध्यम लेक, पहाडि श्रृखला, महाभारत श्रेणी र चुरेबाट उत्पति भएका नदीहरू पनि उत्तिकै छन् ।
महाकाली नदी बाहेक नै सिङ्गो नेपाल कोसी, गण्डकी र कर्णाली जस्ता ३ वटा नदीहरूबाट सिंचित र प्रभावित छ । नेपालबाट बहने सबै नदीहरू भारतको सबैभन्दा ठूलो नदी गंगामा समाहित हुदै बंगालको खाँडीसँगै हिन्द महासागरमा विलिन हुन्छन् । यी नदीहरूमध्ये लिखु नदी उत्पतिको आधारमा तेस्रो श्रेणी (भित्रि हिमश्रृखलाबाट उत्पति भएको), आकारका आधारमा मझौला सानो अर्थात सप्तकोसीका सहायक नदीहरू मध्ये सबै भन्दा सानो र बहाव दूरीका आधारमा पनि सबैभन्दा छोटो नदीको रुपमा रहेको छ ।
पछिल्लो समयमा तीव्र गतिमा निर्माणाधिन जलविद्युत आयोजनाहरू, लिखु कोरिडोरको तीव्र निर्माण, प्रशस्त संभावना सहित उदाउदो पर्यटन व्यवसाय र अनगिन्ती अन्य संभावनाबाट वारिपारिका ६ वटा पालिकामा बासीको भाग्य र भविष्यसँग नयाँ आयाम, पुर्वाधार तथा विकास र अनगिन्ती संभावनासँगै गासिदै छ ।
लिखु प्रभावित (पानी ढलो) क्षेत्रमा रामेछापका ३ वटा पालिका (स्थानीय सरकार) उमाकुण्ड गापा, लिखुतामाकोसी गापा र रामेछाप नपा छन भने सोलुखुम्बुको १ वटा लिखुपिके गापा र ओखलढुङ्गाका २ वटा खिजिदेम्बा र लिखु गापा समेत जम्मा ६ वटा पालिकाहरू रहेका छन् । नेपालमा लिखु जोडिएका ४ वटा पालिकाहरू रहेकोमा १ वटा मात्र नुवाकोट जिल्लामा छ भने ३ वटा पालिकाहरू यहि लिखु कोरिडोर वारिपारि रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा रहेका छन् ।
दूईवटा प्रदेश र तीनवटा जिल्लामा विभाजित यहाँका ६ वटै पालिकाहरू लिखु नदीका वारिपारि उत्तर दक्षिण फैलिएका छन् । उस्तै उस्तै कथा, व्यथा, जीवनशैली र वर्गीय हैसियत भएका यहाँ बसोबास गर्ने करिब एक लाख मानिसहरूको सुख–दुख यी पालिकाहरू मार्फत लिखु जलाधारमा गाँसिएको छ । ठूलो भूभाग, विकट क्षेत्र, पातलो बस्ती, अवसरको खोजीमा निरन्तर जनसंख्याको पलायन, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारीको कठीनाइ युगौदेखि झेलिरहेका छन् ।
अहिले भर्खर विकास निर्माण र पूर्वाधारको अभाव, राष्ट्रिय अर्थ–राजनीतिको मूल प्रभाहिकरणबाट निरपेक्ष आदि आदि निराशाका विशेषताहरूबाट विस्तारै यी स्थानीय तहहरू माथि आउदै गरेको अवस्था छ । सभ्यतादेखि नै विविध सन्दर्भहरूमा लिखु जलाधारसंग गासिएका यी गाँउ बस्तीहरू लिखुसँगै जोडिएका विकास पूर्वाधारहरू तथा अवसरसँगै नयाँ र दरिलो पहिचाहनका साथ उदाउने प्रशस्त संभावना देखा पर्दैछ ।
यी संभावनाहरूको चावी ताल्चा लिखु कोरिडोरसँग जोडिएको छ । यहाँको जीवन रेखा (लाइफ लाइन) मानिने लिखु कोरिडोर यहाँका ६ वटै पालिकालाई नै जोडेर लिखु नदीको समानान्तर वारिपारि उत्तर दक्षिण करिव १ सय किमि लम्वाइ समेत सम्पन्न उन्मुख छ । बहुप्रतिक्षित यो कोरिडोरको पूर्णतासँगै अनगिन्ती संभावना र अवसरको ढोका एकैचोटी खुल्ने अनुमान गरिएको छ ।
आर्थिक संभावनाहरू
सृष्टिकालदेखि नै अविरल बगिरहेको यो नदी सभ्यता र मानव बस्ती विकासपछि उपयोगमा आउन थालेको होला । कयौं पुस्ता, पुर्खा, कूल तथा पूर्वजहरूको ईह र देह लिला आफूमा विलिन गरी अविरल बगिरहेको यो नदी संघीयतापछि मात्र आर्थिक, सामाजिक र पहिचानको हिसावले सशक्त योगदानका साथ चर्चामा आउन थालेको छ ।
केही सम्पन्न आयोजनाहरूबाट पालिकाहरूलाई नियमित रोयल्टी प्राप्त हुन थालिसकेको छ । केहि वर्षपछि नै यी ६ वटै पालिकाहरू प्रत्येकले वार्षिक करोडौ रोयल्टी रकम आफ्ना नमूना र महत्वकांक्षी विकास निर्माणका लागि नियमित वार्षिक बजेट मार्फत नै प्राप्त गर्नेछन् । विद्युत आयोजना निर्माणका क्रममा लिखु कोरिडोरमा अरबौ रकमका दर्जनौ पक्की पूलहरू र फराकिला सडकहरू बनाइएका छन् ।
संघीयताअघि यो नदी विशुद्ध यहाँका मानिसलाई सिमानाका रुपमा खडा भइ विभाजनको रेखाको रुपमा मात्र उभिएकोमा अब प्रशस्त अवशर, पहिचान, अन्तरआवद्धता, प्राकृतिक स्रोत साधनको उपयोग र समग्र मानिसहरू जीवनस्तर उठाउने आधारका रुपमा असंख्य बहसहरूको साथमा खडा भएको छ । यो नदी र प्रभावित सहायक नदीबाट सिंचित फाँट, पाखा, जङ्गल, टार, खेत, बारीबाट कृषि उत्पादन, पशुपालन, लगायतका परम्परागत पेशा त धानिएको नै थियो ।
पछिल्लो समयमा तीव्र गतिमा निर्माणाधिन जलविद्युत आयोजनाहरू, लिखु कोरिडोरको तीव्र निर्माण, प्रशस्त संभावना सहित उदाउदो पर्यटन व्यवसाय र अनगिन्ती अन्य संभावनाबाट वारिपारिका ६ वटा पालिकामा बासीको भाग्य र भविष्यसँग नयाँ आयाम, पुर्वाधार तथा विकास र अनगिन्ती संभावनासँगै गासिदै छ ।
तुलनात्मकरुपमा सानो, छोटो र केही वर्ष अघिसम्म गुमनाम लिखु नदीमा मझौला स्तरका ७ वटा जलविद्युतका आयोजना सञ्चालित छन् । केहि उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ भने केहि चाडै सम्पन्न हुदैछन् । लिखु मूल नदी र यसका सहायक नदी गरेर करिव ५०० मेगावाट विजुली उत्पादन हुने प्राविधिक र आर्थिक दृष्टिकोणबाट संभावना देखिएको छ ।
यहाँका केहि सम्पन्न आयोजनाहरूबाट पालिकाहरूलाई नियमित रोयल्टी प्राप्त हुन थालिसकेको छ । केहि वर्षपछि नै यी ६ वटै पालिकाहरू प्रत्येकले वार्षिक करोडौ रोयल्टी रकम आफ्ना नमूना र महत्वकांक्षी विकास निर्माणका लागि नियमित वार्षिक बजेट मार्फत नै प्राप्त गर्नेछन् । विद्युत आयोजना निर्माणका क्रममा लिखु कोरिडोरमा अरबौ रकमका दर्जनौ पक्की पूलहरू र फराकिला सडकहरू बनाइएका छन् । यी आयोजनाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा स्वास्थ, खानेपानी, सिंचाइ जस्ता क्षेत्रहरूमा समुदायमा लगानी गरेको रकम पनि अरवौ रकम छ ।
लिखु नदीका विभिन्न भागहरूमा मोटर पुल र सडकहरूको निर्माणबाट अरु सय कडौ अवशरका ढोकाहरू खुलेका छन र खुल्दैछन् । सडक कनेक्टिभिटीले पूर्व पश्चिम नेपाल र भारत सम्मका मानिसहरूलाई उच्चस्तरका पर्यटकीय संभावना भएका हिम चुचुरा, हिमताल, हिमनदी, हिमाली जीव तथा वनस्पती र हिमाली परिस्थितिक प्रणाली, झरनाहरू, प्राकृतिक दृश्यावलोकन केन्द्र लगायत गुम्वा, चैत्य, देवालय, तिर्थस्थल, गुफा, खोँच, भिमकाय भिर, चट्टान रहेका आदि स्थानमा सहजै र सुलभ रुपमा पु¥याउन सकिने परिवेश तयार हुदै छ ।
कृषि र पशुपालनमा नयाँ संभावनाहरूका ढोका खुल्दैछन् । वेशी, दुनदेखि उच्च पहाडी तथा हिमाली उत्पादनले सहजै वृहत बजार सम्मको पहुँच पाउने अवस्था सिर्जना हुदैछ । हिमाली क्षेत्रमा पाइने वनस्पती तथा जडिबुटीको प्रवद्र्धन हुदैछ ।
जडिबुटिमा आधारित खेती, संकलन केन्द्र, प्रशोधनसँग सम्बन्धित व्यवायहरूको विस्तारबाट रोजगारी र आय–आर्जनमा वृद्धि हुने देखिन्छ । परम्परागत र मौलिकरुपमा रहेको चौरी पालनको आधुनिकरण हुनेछ। जमिनको उचाइ, भू–बनोट, हावापानीका आधारमा विविध संभावना र पहिचाहनका आधारमा नमूना कृषि पेशा तथा व्यवसायहरू द्रुतगतिमा स्थापना र विस्तार हुने क्रममा छन् ।
व्यवसायिक रुपमा वामे सर्दै गरेका अलैची, चिया, दाँते ओखर खेतीले गति लिने देखिन्छ भने अनगिन्ति खेर गइरहेका पाखा पखेरामा बाख्रापालन विस्तार हुने संभावना उत्तिकै छ ।
विद्युत आयोजनाहरू लिखु कोरिडोर सडकको सम्पन्नतासंगै पूर्वाधार र बजार पहुँचका कारण लिखु किनाराका साना ठूला वेशी, बारी तथा पाखामा माछा पालन, बालुवा गिट्टि जस्ता नदीजन्य उत्पादन, कफी, केरा, खोर्सानी लगायतका नगदे बाली, फलफूल तरकारी उत्पादन जस्ता थुप्रै नयाँ व्यवसायको ढोका खुल्ने संभावना देखिन्छ ।
उच्च ख्याति प्राप्त यहाँको चौरीगाईको चीजले मात्र होइन, सडक बजार आदिको सुगमताले गर्दा पशुपालन र डेरी व्यवशायको पनि तिव्र विकास हुने संभावना उत्तिकै छ । रिसोर्ट, होम स्टे, होटल, रेष्टुराँ तथा फार्म हाउस मार्फत हजारौ मानिसहरूले पर्यटनसँग सम्वन्धित रोजगारी पाउन सक्ने छन ।
यहाँको स्थानीय अर्थतन्त्र चलायमान र गतिशील हुनेछ अनि उत्पादनसँगै कारोवार बढ्ने र आय आर्जनको विस्तारसँगै लिखु प्रभावित क्षेत्रमा बसोबास गर्ने आम मानिसको जीवनस्तर माथि उठ्ने प्रवल संभावना निकट भविष्यमा नै देखिदैछ ।