Nepal Purbadhar

सोमवार, कार्तिक २६, २०८१
Monday, November 11, 2024

सोमवार, कार्तिक २६, २०८१
Monday, November 11, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

काउँ छोर्तेन गुम्वा, लिखु कोरिडोर र सम्भावनाहरू


काउँ छोर्तेन गुम्वा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका (गापा) वडा नं १ मा रहेको प्राकृतिक गुम्वा हो । यो गुम्वा सामुन्द्रिक सतहबाट करिव ४ हजार ३ सय मिटरको उचाइमा रहेको छ । हिमाली क्षेत्रमा रहेको यो गुम्वा प्राकृतिक मनोरम भूबनोट र प्राकृतिक छटाभित्र अवस्थित छ । नुम्वुर हिमालको काखमा रहेको यो गुम्वादेखि केही दूरी पूर्वमा सोलुखुम्वुको चर्चित दुधकुण्ड छ भने पश्चिममा रामेछापकै चर्चित पाँचपोखरी, जटापोखरी लगायतका पोखरीहरू रहेका छन् ।

काउँ छोर्तेन गुम्वा वौद्ध धर्मालम्वीहरूसँग गाँसिएको छ भने दुधकुण्ड, पाँचपोखरी लगायतका हिमतालहरू हिन्दु र बौद्ध दुबै धर्मालम्वीहरूका धार्मिक आस्थाका केन्द्रहरू हुन । उच्च हिमाली क्षेत्रमा रहेका यी हिमाली ताल, कुण्ड, प्राकृतिक गुफा, उमाकुण्ड लगायतका तीर्थस्थलहरू विभिन्न पौराणिक कथा, किंवदन्ती, धार्मिक सांस्कृतिक भनाइ र विश्वाससँग जोडिएका छन ।

ती क्षेत्रमा सञ्चालित हाइड्रोपावर परियोजनामार्फत मोटरबाटो निर्माण भइ सञ्चालनमा रहेको हो । उमाकुण्ड गापाकै २ वटा वडाको भुभागमा करिब ६ किमि मोटरबाटो जोडिने हो भने छेवर र गुम्देल बासिन्दाको मात्र होइन सिङ्गै उमाकुण्ड गापा र प्रदेश १ सोलुखुम्बुको लिखुपिके तथा ओखलढुंगाको खिजिदेम्बा गापामा हरने सबैको भाग्य र भविष्य पनि परिवर्तन हुनेछ ।

सामुन्द्रिक सतहबाट ६ हजार ९ सय मिटरको उचाइमा रहेको नुम्बुर हिमाल, ४ हजार ६ सय ५० मिटरमा रहेको पाँच पोखरी, ४ हजार ६ सय मिटरको उचाइमा रहेको दुधकुण्ड, ६ हजार ७ सय मिटरको उचाइमा लिखुचुली रहेका छन् । यिनै भूभाग भएर बग्ने लिखु र नुप्चेखोला, यी दुई नदीको दोभानमा रहेको करिब २ हजार २ सय ५० मिटर उचाइमा अवस्थित हिन्दूहरूको पवित्र तीर्थस्थल उमातीर्थ अवस्थित छ । जसलाई हिमालय काशीका नामले पनि चिनिन्छ । उमातीर्थले यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई मात्र दर्शाउदैन, प्रचुर संभावनालाई समेत उजागर गर्छ ।

मानव बस्ती कम रहेका विशाल हिमाली भूभागहरू दुर्गम र विकट रहिरहनु हुदैन । यो क्षेत्र उमाकुण्डबासीका मात्र नभइ सिङ्गै रामेछाप जिल्लाको पहिचाहन बन्ने संभावना छ । उल्लेखित क्षेत्रमा यसबाहेक अन्य धेरै विशिष्ट भूभागहरू, हिमतालहरू, हिमनदी, झरणा, हिमचुचुराहरू, छन् । तीनको पहिचाहन हुन बाँकी नै छ । आवश्यक पूर्वाधार विकास, होटल, पदमार्ग विकास, वृत्तचित्र निर्माण गरी जनसमक्ष यी मनै लोभ्याउने ठाउँहरूको जानकारी पु¥याउने हो भने स्थानीय पर्यटकीय गन्तव्य मात्र होइन् । नेपाल भारत लगायत संभवत विश्वकै उत्कृष्ट पदमार्ग (ट्रेकिङ रुट) क्षेत्रको रूपमा विकास हुने संभावना छ ।

काठमाडौदेखि १२५ किमीमा रामेछापको सदरमुकाम मन्थली, मन्थलीदेखि ७५ किमीमा उमाकुण्डको भण्डारमा पुगिन्छ । भण्डारबाट लिखु नदीको किनारै किनार वारिपारि हँुदै करिव ३० किमीमा उमातीर्थ (उमाकुण्ड हिमालय काशी) पुगिन्छ । रामेछाप÷उमाकुण्डकै अन्तिम मानव बस्ती लाछेवर गाउँभन्दा माथि गोण्डा भन्ने ठाउँसम्म लिखु खोलामा सञ्चालित हाइड्रोपावरहरूले निर्माण गरेको मोटर बाटोमार्फत नै यात्रा तय गर्न सकिन्छ । मोटर बाटोबाट ओर्लेको ४ घण्टामा नै ३ हजार ७ सय ५० मिटर उचाइमा रहेको अत्यन्त मनमोहक र विशाल ङेजुटार हुँदै ४ हजार ३ सय मिटर अग्लो स्थानमा अवस्थित अति नै सुन्दर प्राकृतिक गुम्वा र आसपासको अद्वितीय दृष्यको अवलोकन गर्न पुगिन्छ ।

लिखु कोरिडोर र निर्माणाधीन जलविद्युत आयोजना

निर्माणाधीन वैकल्पिक मार्ग प्रदेश १ र बागमती प्रदेशको सिमानामा रहेको लिखु कोरीडोरको सडक जोड्ने योजना छ । त्यस योजनाअनुसार उमाकुण्ड वडा नं ३ को कुवुकास्थली खण्ड र वडा नं ५ को प्रिति खण्डको केही भूभाग मात्र मोटर बाटोले जोडिन बाँकी छ । वडा नं ३ कुवुको सिमानादेखि वडा नं २ बाम्तीको लिखु किनारा हँुदै छेवर गाउँसम्म मोटरबाटो बनिसकेको छ । समुन्द्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइसम्म सञ्चालित जलविद्युत परियोजनाहरू कै पहलमा बाह्रै महिना चल्ने मोटरबाटो बनेको हो ।

लिखु कोरिडोरलाई प्राथामिकता प्राप्त आयोजनाको रुपमा अघि बढाएर काम गर्न सकियो भने एकाध वर्षमा नै खोटाङको हलेसी, दोलखाको कालिन्चोक, मुस्ताङको मुक्तिनाथ, ताप्लेजुङको पाथिभरा लगायतका पहाडी चर्चित गन्तव्य स्थलभन्दा धेरै बढी आगन्तुक तथा पर्यटकहरूलाई वार्षिक रूपमा सहजै भित्री हिमाल, हिमताल, हिमनदी लगायत अनगिन्ती सुन्दर स्थानको दृश्यावलोकनका लागि भित्राउन सकिन्छ ।

त्यसैगरी बिपी राजमार्गको खुर्कोट हुदै मध्यपहाडी राजमार्गको सुनकोसी गोलञ्जरघाटदेखि लिखुनदीको किनारै किनार उमाकुण्ड गापाको वडा नं ४ प्रितिसम्म पनि बाह्रै महिना सडक सञ्चालन छ । ती क्षेत्रमा सञ्चालित हाइड्रोपावर परियोजनामार्फत मोटरबाटो निर्माण भइ सञ्चालनमा रहेको हो । उमाकुण्ड गापाकै २ वटा वडाको भुभागमा करिब ६ किमि मोटरबाटो जोडिने हो भने छेवर र गुम्देल बासिन्दाको मात्र होइन सिङ्गै उमाकुण्ड गापा र प्रदेश १ सोलुखुम्बुको लिखुपिके तथा ओखलढुंगाको खिजिदेम्बा गापामा हरने सबैको भाग्य र भविष्य पनि परिवर्तन हुनेछ ।

लिखु कोरिडोर लिखु किनाराका दुवैतर्फ बनिरहेको हुँदा आसपासका गापाहरू सम्बन्धित प्रदेशको पहलमा तत्काल जोडेमा यस क्षेत्रको ऐतिहासिक ‘गेम चेञ्जर’ मार्गको रूपमा स्थापित हुने देखिन्छ । यसले हाल प्रचलनमा रहेको खुर्कोटदेखि मन्थली हुदै खिम्ति कोरिडोरको घुमाउरो र लामो बाटोलाई आधाले घटाउने छ । जसले नाटकिय रूपमा यहाँका मानिसहरूको सोच्ने शैलीमा मात्र परिवर्तन ल्याउने छैन कि आर्थिक, सामाजिक सम्वन्ध र जीवन शैलीमा नै परिवर्तन ल्याउने छ ।

बिपी राजमार्गको खुर्कोट हुदै लगभग ४ घण्टाको यात्रामा रामेछाप तथा उमाकुण्डको अन्तिम बस्ती पार गरेर सिधै निर्जन, अनुपम तथा सुन्दर हिमाली क्षेत्रमा एउटा घुमक्कड यात्री वा पर्यटकलाई पु¥याउन सकिन्छ ।

यो अपेक्षित सम्भावनालाई यथार्थमा परिणत गर्नको लागि यस क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरू तथा स्थानीय सरकारको ध्यान जानुपर्छ । लिखु कोरिडोरलाई प्राथामिकता प्राप्त आयोजनाको रुपमा अघि बढाएर काम गर्न सकियो भने एकाध वर्षमा नै खोटाङको हलेसी, दोलखाको कालिन्चोक, मुस्ताङको मुक्तिनाथ, ताप्लेजुङको पाथिभरा लगायतका पहाडी चर्चित गन्तव्य स्थलभन्दा धेरै बढी आगन्तुक तथा पर्यटकहरूलाई वार्षिक रूपमा सहजै भित्री हिमाल, हिमताल, हिमनदी लगायत अनगिन्ती सुन्दर स्थानको दृश्यावलोकनका लागि भित्राउन सकिन्छ ।

यस कोरिडोरलाई व्यापक र फराकिलो दायरामा सोची काम गर्न सकिएको खण्डमा ओखलढुङ्गाको पोकली झरना, खिजीदेम्बाको देम्बा चुचुरो (भ्यू प्वाइण्ट) मात्र होइन, लिखुपिकेमा रहेको उत्कृष्ठ मध्येको एक दृश्यावलोकन केन्द्र पिके चुचुरोलाई जोड्न सकिन्छ । यस पिके पिकबाट संसारको अग्लो चुचुरो सगरमाथाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

काउँ छोर्तेन गुम्बा र पाँच पोखरीलाई मध्यनजर गरेर अगाडिदेखि नै नुम्वुर चिज सर्किटको नामबाट सञ्चालित छ । पदमार्गबाट उच्च हिमाल, हिमताल, हिमनदी, हिम चुचुरा अनि यहाँको विशेष मौलिक पहिचानको रूपमा रहेको हिमाली गाई चौरी, याक, नाक लगायत हिमाली जडिबुटी, वनस्पती, रहनसहन, हावापानीको विशाल अनुभुति गर्न पाइन्छ । त्यो पनि थोरै लगानी, थोरै समय र थोरै परिश्रमबाट गराउन सकिने यति छोटो मार्ग नेपालमा नै संभवत कमै छन ।

काउँ छोर्तेन गुम्वालाई केन्द्रबिन्दु बनाएर पवित्र पोखरीहरू र उमातीर्थ (उमाकुण्ड गाँउपालिकाको नामाकरण पनि यहि पवित्र स्थललाई आधार मानिएको छ) लाई जोडी आवश्यक पुर्वाधार निर्माण पश्चात धार्मिक पदयात्रीहरू, साहसिक तथा दृश्य शौखिन पर्यटकहरू लक्षित कार्यक्रम ल्याएको खण्डमा यो क्षेत्र छोटो समयमा नेपालकै उत्कृष्ठ र चर्चित गन्तव्य बन्ने संभावना छ । यसोभन्दा केही सामाजिक अभियन्ता र अग्रगामी बौद्धिक नागरिक बाहेक धेरैलाई आश्चर्य लाग्न सक्छ । यस प्रस्तावलाई वहस चलाउँदा कयौं अगुवाहरूले शंका व्यक्त गरी हलुका रूपमा लिएको पनि पाइन्छ ।

सामाजिक विकासमा संलग्न निर्णायक मानिसहरूको ध्यान आकृष्ट गर्न कठिनाइ भैइरहेको छ । यस्तो अवस्थामा यस क्षेत्रका सामाजिक अभियन्ताहरूले वहसमा अग्रसर भई सामाजिक संजाल र अन्य मिडियाहरू मार्फत नै भए पनि सबै सरोकारवालाहरू, नागरिक समाज, जनप्रतिनिधि, शिक्षक बुद्धिजिवीहरूको ध्यान आकृष्ट गर्नका लागि विशेष पहल गर्नु पर्ने देखिन्छ ।

हिन्दु धर्मावलम्बीको पौराणिक ग्रन्थ पुराणमा समेत उल्लेखित हिमालय काशी (पौराणिक कालमा देवी उमाले आराधना गरेको उमातीर्थ), पवित्र पोखरी तथा कुण्डहरू (दुधकुण्ड, पाँच पोखरी आदि) सम्म जीवनमा एकपटक टेक्नुपर्छ वा धार्मिक तीर्थाटन गरी मुक्तिमार्ग खोल्न पाए हुन्थ्यो भन्ने मनोभावना कोशी प्रभावित पहाडी जिल्ला, बेसीहरू र मिथिला क्षेत्रका प्रौढहरूमा पाइन्छ ।

साघुँरो गल्ली र खोच बनाएर बग्ने लिखु नदीमा बनेका र बनाइने अग्ला झोलुंगे पुलबाट साहसी पर्यटनले बञ्जी जम्प गर्न सक्नेछन् । यस हिमाली नदीको किनारामा अनगिन्ती खोँच, गल्छि, गुफा, ओडार, भिमकाय भीर पर्वतीय चट्टानका लागि समथर भूमी, शहरी क्षेत्र तथा तराइमा बसोबास गर्ने आम मानिस र विद्यार्थीहरूको लागि अर्को अद्वितीय आकर्षण बन्ने कुरामा शंका छैन ।

यो मनोभावनालाई छोटो दुरी र समयमा सहज र आरामदायी तवरबाट भित्री हिमाल र हिमाली क्षेत्रमा तीर्थाटन र दृश्यावलोकन गर्न सकिन्छ भनेर भारतका विहार राज्यबासीसम्म पु¥याउन सकिन्छ । यसबाहेक पूर्वी नेपालका प्रौढ तथा युवाहरूसम्म जोड्न सकियो भने कल्पना नगरेका परिणाम हात लाग्ने र उच्चस्तरको पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।

दक्षिण एसियामा नै उच्चस्तरको पर्यटन प्रवाह रहेको वृहत्तर रामायण सर्किट धनुषाको जानकी मन्दिरमा जोडिएको अवस्था छ भने चाडैँ महोतरीको बर्दीबाससम्म स्थायी रेलमार्गले जोडिदै छ । त्यस्तै जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नागढुंगापछि बिपि राजमार्गको खुर्काेटदेखि सिन्धुली चियाबारीसम्म सुरुङमार्ग बनाउने प्रस्तावलाई पाइपलाइनमा राखिसकेको छ । यस्तो अवस्थामा कुनै पनि भारतीयले रेलबाट ओर्लेर वा नेपालीहरूले पूर्वपश्चिम राजमार्गबाट ओर्लेर करिव १५० किमी दुरीको मोटर यात्रा पश्चात हिमाली श्रृखला माथि नै उभिएर मनोमानी घुमफिर गर्न पाउनेछन । यस्तो अवस्था सिर्जना भएपछि यहाँको पर्यटनसँग सम्बन्धित गतिविधि र पर्यटकको प्रवाह ग्राफ धेरै माथि पुग्ने अनुमान गर्न सकिन्छ ।

साघुँरो गल्ली र खोच बनाएर बग्ने लिखु नदीमा बनेका र बनाइने अग्ला झोलुंगे पुलबाट साहसी पर्यटनले बञ्जी जम्प गर्न सक्नेछन् । यस हिमाली नदीको किनारामा अनगिन्ती खोँच, गल्छि, गुफा, ओडार, भिमकाय भीर पर्वतीय चट्टानका लागि समथर भूमी, शहरी क्षेत्र तथा तराइमा बसोबास गर्ने आम मानिस र विद्यार्थीहरूको लागि अर्को अद्वितीय आकर्षण बन्ने कुरामा शंका छैन । त्यस्तै यस नदीको जलविद्युत आयोजनाहरूको बीचबीचमा र तल्लो क्षेत्रमा कायकिङ तथा सुनकोसी नदी नजिक ¥याफ्टीङको संभावना अध्ययन हुन बाँकि नै छ ।

कालो बादलले छपक्कै ढाकेको मौसमी अवस्थामा पनि कही किनारामा चादीका घेरा हुन्छ रे । लामो समय अति विकट र दुर्गमको पहिचान बनाएको यस भूभागमा एकैपटक धेरै र ठूला संभावनाको ढोका खुल्ने पर्याप्त संभावना रहेको छ । लिखु खोलामा निर्माणाधिन ७ वटा जलविद्युत आयोजनाहरूबाट पनि एकैचोटी र प्रभावकारी अन्तरआवद्धता (कनेक्टेभिटी) सहितका अवसर जोडिन लागेका छन ।

लामो समयदेखि राज्यको उपेक्षा, अवसरको न्यूनता, जनप्रतिनिधिको कम प्राथामिकता, विकटता जस्ता विशेषताहरूबाट निराश मानिसहरू पलायन हुदै बस्तीहरू उजाडिदै गइरहेका छन् । यस्तो अवस्थामा निजी लगानीमा सञ्चालित जलविद्युत आयोजनाहरू र त्यसबाट सृजित आर्थिक गतिशिलताको कारण केही राहत हुन गइ आशा पलाइरहेको अवस्था छ । प्रस्तावित कोरिडोरको निर्माण र संञ्चालनबाट विविध आर्थिक अवसर उपलव्ध भएर चाडै समग्र विकास र जीवनस्तर माथि उठ्ने संभावना उत्तिकै छ ।

काउँ छोर्तेन गुम्वाको संरक्षण, प्रवद्र्धन र विकास अनि लिखु कोरिडोरको पूर्णताबाट आर्जित सामाजिक आर्थिक लाभका अवस्थामा ऐतिहासिक परिवर्तन गराउने मोड/बिन्दु यहिबाट सुरू नहोला भन्न सकिन्न । खाँचो चौतर्फी प्रयास, पहल, बहस र सकरात्मक सोचको मात्र छ ।

सर्वे भवन्तु मंगलम ।


Read Previous

महत्त्वकांक्षी डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन सुस्त

Read Next

एमसीसी परियोजना कार्यान्वयन गर्न मंसिरमा ग्लोबल टेण्डर गरिने, २०८० भदौदेखि निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *