Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   

चिनियाँ लगानीको मनाङ मर्स्याङ्दीसँग पीडीएमा प्रारम्भिक हस्ताक्षर


काठमाडौ । चिनियाँ लगानीमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको प्रवद्र्धन कम्पनी र नेपाल सरकारबीच आयोजना विकास सम्झौता (पीडीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ । २० प्रतिशत बुटबल पावर कम्पनी (बिपिसी) सहित ३ चीनीयाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको सो आयोजना अघि बढाउन सरकार र प्रवर्द्धक कम्पनी मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच हस्ताक्षर भएको हो ।

याे आयोजनामा चीनको सिचुवान प्रोभिन्सिल इष्भेष्टमेण्ट ग्रुप (एससीआईजी, चेङदु सिङचेङ इन्भेष्टमेण्ट ग्रुप (सीएक्सआईजी) र क्यूङ यान इन्जिनियरिङ कन्सल्टिङ कम्पनी (क्यूवाईइसी) को लगानी छ । प्रारम्भिक पीडीएमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव मधु भेटुवाल र प्रवर्द्धक कम्पनीका तर्फबाट बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन् ।

सरकार र कम्पनीबीच लामो समयदेखि पीडीएका लागि वार्ता हुँदै आएकोमा यो प्रारम्भिक सम्झौतालाई मन्त्री परिषदबाट पारित भएपछि पीडीएमा हस्ताक्षर हुनेछ । मन्त्रालयका सह–सचिव भेटुवाल विगतमा नेपाल सरकार र विभिन्न परियोजनाका प्रवर्द्धकबीच भएका पीडीएको कार्यान्वयनमा देखिएका जटिलतालाई सामान्यीकरण गरी प्रारम्भिक हस्ताक्षर गरिएको बताउँछन् ।

‘पीडीएमा विगतमा रहेका प्रावधानहरुको कार्यान्वयनमा देखिएका जटिलतालाई सरलीकरण गरिएको छ, मध्यस्थकर्तामा समेत नेपाली कानुननै लागु हुने लगायतका व्यवस्था पनि राखिएको छ ।’–उनले भने ।

प्रारम्भिक सम्झौतासँगै पीडीए प्रकृया अघि बढेकोले प्रवर्द्धक कम्पनीलाई वित्तिय व्यवस्थापनका लागि सहज भएको बिपिसीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । कम्पनीले एक बर्षभित्र वित्तिय व्यवस्थापन गरेर निर्माण सुरु गरिसक्ने लक्ष्य राखेको छ । ‘सरकार, नेपाल विद्युत प्राधिकरण र विकासकर्ता कम्पनीहरुले पूरा गर्नुपर्ने दायित्वहरुलाई किटान गरेर प्रारम्भिक रुपमा पीडीएको मस्यौदा तयार भएको छ ।’–उनले भने –‘मन्त्री परिषदबाट पारित भएपछि यसको कार्यान्वयनको प्रकृया अघि बढ्छ ।’

१७ नोभेम्बर २०१८ मा उत्पादन अनुमतिपत्र पाईसकेको कम्पनीले नेपाली रुपैयाँमा १ बर्ष अघिको चैत्रमा विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । सन् २०२५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना अनुमानित लागत ३३ अर्ब छ । आयोजनाबाट बार्षिक रुपमा ७६६.५९३ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रारम्भिक सम्झौतासँगै बिपिसी समेतको साझेदारीमा तीन चिनियाँ कम्पनीले निर्माण गर्न लागेको ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ र १३९ मेगावाटको लोअर मनाङ मस्याङदीको पीडीएको लागि पनि सहज भएको छ । अहिले बनेको प्रारम्भिक खाकाकै आधारमा यी २ आयोजनासँग पनि पीडीए हुनेछ ।


Read Previous

ठूलो परियोजनामा पुँजी जुटाउन ‘सम्पत्ति मौद्रिकीकरण’ को नयाँ अवधारणा

Read Next

प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

Leave a Reply

Your email address will not be published.