Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा ६ बुँदे समझदारी


काठमाडौं/ २५६६औं बुद्धजयन्ती विशेष समारोहमा सहभागी हुन लुम्बिनी आईपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको क्रममा ६ बुँदे समझदारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा दुई देशबीच सांस्कृतिक सम्बन्ध स्थापनादेखि अरुण चौथो जलविद्युत आयोजनाको विकास र विस्तार सम्बन्धी ६ बुँदे समझदारी भएका हुन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा सोमबार बिहान लुम्बिनी आएका उनले मायादेवी मन्दिरको दर्शन गरेका थिए । दर्शनपछि दुई देशका प्रधानमन्त्रीबीचमा छलफलपछि सो समझदारी भएको थियो ।
विशेष समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताउँदै नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको उल्लेख गरे ।
भ्रमणको क्रममा भएका समझदारीका बुँदाहरु
१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच समझदारी ।
२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने समझदारी ।
३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने समझदारी ।

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको समझदारी ।
५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।
६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता ।


Read Previous

आयकर छुटको दायरा वृद्धिदेखि एकल पुरुषलाई भत्ता दिनुपर्ने सम्मका व्यवस्था गर्न देशभरबाट अर्थ मन्त्रीलाई सुझाव

Read Next

अरुण-४ अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर, नेपालले १ सय ५२ मेगावाट विद्युत निशुल्क पाउने

Leave a Reply

Your email address will not be published.