Nepal Purbadhar

बुढीगण्डकी निर्माणमा ढिलाइ नगर्न सभामुख अर्यालको निर्देशन



काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अब थप ढिलाइ नगरी निश्चित समयसीमा तोकेर अघि बढाउन निर्देशन दिनुभएको छ।


बिहीबार आफ्नै कार्यकक्षमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग भएको छलफलमा सभामुख अर्यालले बुढीगण्डकी आयोजना केवल विद्युत उत्पादनसँग मात्र सीमित नभई पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय महत्वको परियोजना भएकाले यसको कार्यान्वयनमा तीव्रता आवश्यक रहेको बताउनुभयो।


उहाँले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट कार्यतालिका तयार गर्न निर्देशन दिँदै कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने ठोस योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई गति दिन सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारी तहमा देखिएका समस्या स्पष्ट रूपमा जानकारी गराउन आग्रह गर्दै आवश्यक समन्वय गरिने बताउनुभयो।


Read Previous

धुलिखेल खावा सडक कालोपत्र सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar