
काठमडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाएको छ।
यातयात व्यवस्था विभागले ह्वात्तै भाडा बढाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाएर भाडा बढाइएको हो ।
सार्वजनिक यातायातको १६.७१ प्रतिशत भाडा वृद्धि गरिएको छ । यस्तै पहाडी क्षेत्रमा चल्ने मालवाहकको २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको १५.७५ प्रतिशतले भाडा बढाइएको छ ।
यो भाडा वृद्धिले यात्रा तथा उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्नेछ । जसका कारण सर्वसाधरणले महँगीको सामना गर्नुपर्नेछ।
