
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।
सरकारको यो निर्णय अनुसार अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार नियमित बिदा रहनेछ।
यसअघि सातामा एक दिन मात्र बिदा रहँदै आएकोमा अब दुई दिन बिदा लागू गर्ने निर्णय गरिएको हो।
