Nepal Purbadhar

प्रधानमन्त्री बालेनका प्रेस सहजकर्ता बने सुरेन्द्र बजगाईं



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रेस सहजकर्ताको जिम्मेवारी सुरेन्द्र बजगाईंले पाएका छन्। उनलाई स्वकीय शाखा अधिकृतसरहको सुविधा प्राप्त हुने गरी उक्त पदमा नियुक्त गरिएको हो।
बजगाईं यसअघि बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि प्रेस संयोजकका रूपमा सक्रिय थिए। उनी बालेनको चुनावी अभियान टोलीसँगै झापा–५ क्षेत्रमा समेत खटिएका थिए।
पत्रकारितामा सक्रिय बजगाईंले यसअघि बाह्रखरी, शिलापत्र र नेपालभ्युज जस्ता सञ्चारमाध्यममा काम गरिसकेका छन्।
यसअघि नै प्रधानमन्त्री शाहको टिममा प्रमुख सल्लाहकारका रूपमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, मुख्य स्वकीय सचिवमा सुवास शर्मा, निजी सचिवमा प्रदीप परियार, प्रशासन प्रमुखमा सुदीप ढकाल तथा सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भइसकेका छन्।


Read Previous

ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध, वातावरणमैत्री अभ्यास सुरु

Read Next

अर्थमन्त्री वाग्ले: “राजनीतिक स्थिरता आएको छ, अब आर्थिक समृद्धिमा केन्द्रित हुन्छौं”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar