
काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (SCAEF नेपाल) ले नेपालको परामर्श, निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकायहरू (3Cs- नियोक्ता, परामर्शदाता र निर्माण ब्यबसायी) का व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चार दिने GIS तथा Remote Sensing सम्बन्धी विशेष ४ दिने तालिम शुरु गरिएको छ । उक्त तालिम निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (CBDIC) तथा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) सँगको सहकार्यमा आयोजना गरिएको हो।
२०८२ चैत्र १३ गतेदेखि १६ गतेसम्म (२७–३० मार्च २०२६) पोखरास्थित होटल पौवामा उक्त ४ दिने तालिम दैनिक ०९:०० बजेदेखि १७:०० बजेसम्म सञ्चालन हुभइरहेको छ। आयोजकका अनुसार तालिममा परामर्शदाता इन्जिनियर, आयोजना व्यवस्थापक, प्राविधिक अधिकृत, परियोजना योजनाकार, सम्झौता व्यवस्थापक तथा परामर्श, निर्माण र सम्बन्धित सरकारी विभाग एवं मन्त्रालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
प्रविधिगत व्यवस्थापकीय सुधारमार्फत नेपालको परामर्श उद्योगलाई प्रवर्द्धन र सुदृढीकरण गर्ने उद्देश्यले स्थापित SCAEF नेपालले यो कार्यक्रम संस्थाको निरन्तर क्षमता विकास पहलअन्तर्गत सञ्चालन गरिएको जनाएको छ । पूर्वाधार परियोजनाहरू दिनानुदिन जटिल बन्दै गइरहेको सन्दर्भमा समयमै सम्पन्नता, लागत नियन्त्रण र गुणस्तरीय कार्यसम्पादन सुनिश्चित गर्न GIS तथा Remote Sensing प्रविधि प्रयोगसहितको प्रभावकारी परियोजना व्यवस्थापन अत्यावश्यक भएको संस्थाले उल्लेख गरेको छ। यसले भू–सन्दर्भीकरण (Georeferencing), रास्टर विश्लेषण (Raster Analysis) तथा भेक्टर विश्लेषण (Vector Analysis) मार्फत परियोजनाको स्थानिक शुद्धता, वातावरणीय मूल्याङ्कन र पूर्वाधार योजना निगरानीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
SCAEF नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (CBDIC), नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) तथा पेशागत विकास तथा क्षमता निर्माण उप-समिति (PDCB) र गण्डकी प्रदेश समिति SCAEF सँगको संयुक्त पहलमा सम्बन्धित सरकारी विभाग तथा मन्त्रालयका परियोजनाका सरोकारवाला निकायहरूलाई (3Cs- नियोक्ता, परामर्शदाता र निर्माण ब्यबसायी), देशव्यापी रूपमा यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई आफ्नो व्यावसायिक दक्षता अभिवृद्धि गर्न आह्वान गरेको छ। यस्ता सहकार्यात्मक पहलहरूले नेपालको परामर्श तथा निर्माण क्षेत्रमा GIS तथा Remote Sensing केन्द्रित सहकार्यात्मक पहलहरूले नेपालका परामर्श तथा निर्माण उद्योगहरूमा दीर्घकालीन संस्थागत क्षमता सुदृढ गर्न र परियोजना कार्यान्वयनको स्तरलाई उचाइमा पुर्याउन महत्वपूर्ण पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस तालिम तथा अन्य क्षमता विकास कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले SCAEF नेपालसँग सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क विवरण:
इमेल: scaefnepal@scaef.org.np, scaefnepal@gmail.com
