काठमाडौं। पूर्वमन्त्री दीपक खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ। प्रारम्भिक जानकारीअनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउको कारण र लगाइएको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यस सम्बन्धमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।