Nepal Purbadhar

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, कटुन्जे निवासबाट नियन्त्रणमा



काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार उनलाई भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट प्रहरीले भर्खरै नियन्त्रणमा लिएको हो।


नयाँ सरकार गठन लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको स्रोतले जनाएको छ।

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा लेखक दोषी रहेको प्रतिवेदनमा उल्लेख छ ।

साथै पुर्व प्रधानमन्त्री केपी ओलीलाइ प्रक्राउ गर्ने तयारी गरेको छ ।

शुक्रबार रास्वपाका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार बनेको थियो । पहिलो क्याबिनेट बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री सुधन गुरुङले सरकार बन्ने बित्तिकै ओली र लेखकलाई प्रक्राउ गर्न सुरक्षा निकायसग छलफल गरेका थिए ।


Read Previous

बालेन सरकारको मन्त्रिपरिषद् विस्तार: कानुनमा सोविता, गृहमा सुधन गुरुङ

Read Next

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar