Nepal Purbadhar

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा अवकासमा, कस्तो थियो उनको विगत


काठमाडौं । सधै जसो मातहतका निकायका फाइल,मिटिङमा व्यस्त हुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा आइतबार अलि हतारोमा थिए । हरेक दुई/तीन मिनेटमा भित्तामा राखेर्को घडी हेरिरहेका थिए । आज त अलि चाँडै बिदा दिएको भएनी हुने भन्दै गुनाँसो पोखिरहेका थिए ।

कारण-उनी सोमबारदेखि रिटार्यड हुने भएपछि मन्त्री माधवप्रसाद चौलागाइलाइ कुरिरहेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा रिटार्य भएका छन् ।

२०५२ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्माले ५८ वर्षे उमेर हदका कारण रिटार्यड भएका हुन् । शर्मा आइतबार मन्त्रालयबाट बिदाई भएका छन् ।

मन्त्री चौलागाइ र मन्त्रालय मातहतको टिमले उनलाइ विदाइ गरेको हो ।

झण्डै

तीन दशकभन्दा लामो उनले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा काम गरेको अनुभव छ ।

२०५२ सालमा सडक विभागको इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । २०६९ सालमा सहसचिवमा बढुवा भएका हुन् । २०७९ कार्तिकमा उनी सचिवमा बढुवा भएका थिए ।

सडक विभागमा हुँदा उनले नेपालको सडक सुधारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै चर्चा भएको थियो । निर्णय क्षमतामा अब्बल शर्माले नेपालको पूर्वाधार विकासमा ठूलो योगदान पुर्‍याएका छन् ।

उनले बिदाई कार्यक्रमपछि नेपालमा आधारभुत विकास समेत हुन नसकेको बताए । उनले प्राथमिकताका आधारमा आयोजनाहरु छनोट गरेर त्यसलाई सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए। ।

विकास निर्माणका कामहरु गर्दा धेरै झन्झट रहेको बताए । यसलाई सम्पूर्ण राज्य नै लागेर समाधान गर्नुपर्ने बताए ।

शर्माले केहि महिना आराम घुमफिर गर्ने,पढ्न नभ्याएका किताबहरु पढ्ने, आराम गर्ने र त्यसपछि कसरी अघि बढ्ने निर्णय गर्ने बताए ।


Read Previous

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

Read Next

वैद्य अर्गनाइजेशनले इटालियन प्रिमियम बाइक ‘मोर्बिडेली’ नेपालमा भित्र्यायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar