Nepal Purbadhar

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने


बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । प्रत्यक्षतर्फ यस क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएको राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचारसँग नजिक कांग्रेसका तर्फबाट यस क्षेत्रका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाएको हो ।

राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले पार्टी फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको बताए ।

राप्रपाले ०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ पाँच हजार ६०० मत प्राप्त गरेको थियो । अहिलेको अवस्थामा अन्य पार्टीको तुलनामा कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले यस क्षेत्रबाट प्रत्यक्षतर्फको भोट पौडेललाई दिने निर्णय गरेको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।


Read Previous

सुपर खुदीको आईपीओ बाँडफाँट, १ लाख २८ हजार बढीले पाए १०–१० कित्ता

Read Next

आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar