Nepal Purbadhar

सुपर खुदीको आईपीओ बाँडफाँट, १ लाख २८ हजार बढीले पाए १०–१० कित्ता


काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबार बाँडफाँट गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड को कार्यालयमा बिहान साढे ८ बजे शेयर बाँडफाँट सम्पन्न गरिएको हो।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। उक्त निष्काशनमा २६ लाख २० हजार ३४१ जना आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ।

प्राप्त आवेदनमध्ये २५ लाख ८० हजार ४७० वटा आवेदन स्वीकृत भएका छन् भने ३९ हजार ८७१ आवेदन विभिन्न कारणले रद्द गरिएको छ।

माग अत्यधिक भएपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो। सो अनुसार १ लाख २८ हजार ६५० जनाले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आवेदन संख्याको तुलनामा उपलब्ध शेयर कम भएकाले अधिकांश आवेदक हात खाली भएका छन्।


Read Previous

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा कुलमान घिसिङलाई समर्थन

Read Next

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar