
काठमाडौ । मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ । त्यस क्षेत्रका विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन् ।

उडान रद्दका कारण यात्रुहरु शनिबारदेखि नै अलपत्र परेका छन् । आइतबार बिहान पनि यात्रुहरु अन्योलमा यताउता गरिरहेका देखिन्थे । विमानस्थलमा अनेक सूचना टाँसिएका छन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी












